विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रह |
काठमाडौं (आपास) । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । उनले नेपालमा स्थिर सरकार बनेको र लगानीको सुरक्षित वातावरण निर्माण भइसकेको बताउँदै लगानी गर्न आग्रह गरेका हुन् । स्वीट्जरल्याण्डको जेनेभामा अन्तरराष्ट्रिय श्रम सङ्गठनको १ सय ७औं सत्रलाई बिहीवार सम्बोधन गर्दै उनले लगानीका नयाँ सम्भावनातर्फ विश्वका लगानीकर्ताको ध्यानाकर्षण गराए ।
नेपाल रोजगारदाता परिषद्को अध्यक्षसमेत रहेका ढकालले नेपाली उद्योगीको हैसियतमा सम्बोधन गर्दै नेपालले श्रमसम्बन्धी कानूनमा हालै सुधार गरेको स्पष्ट पारे ।