सिभिल बैंकको सहयोग विद्यालयलाई |
काठमाडौं (आपास) । सिभिल बैङ्क लिमिटेडले दमकको एक विद्यालयलाई सहयोग गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दमकको महालक्ष्मी आधारभूत विद्यालयलाई बेञ्च सहयोगस्वरुप प्रदान गरेको हो । बैंकले दमकमा नयाँ शाखा सञ्चालन गरेको अवसर पारेर उक्त सहयोग गरेको हो ।
सिभिल बैङ्कका विराटनगर क्षेत्रका क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु तामाङ तथा दमक नगरपालिका–९ का अध्यक्ष रामबहादुर धिमाललाई संयुक्त रूपमा बेञ्च हस्तान्तरण गरेका हुन् ।