बेडरुममा कसरी गर्ने फङ्गशुइको प्रयोग |
फङ्गशुइ टिप्स चाइनिज बिचारधाराबाट आएको हो, जुन वास्तुशास्त्र जस्तै हुन्छ । फङ्गशुइले जीन्दगिमा शान्ती ल्याउछ । यदि तपाईले फङ्गशुइको टिप्स बेडरुममा अपनाउनु भयो भने तपाई लाई राम्रो निद्रा लाग्नुका साथै घरमा शान्ती पनि छाउनेछ । फङ्गशुइको प्रयोग गर्न तपाई लाई कुनै कठिनाईको सामाना गर्नु पर्दैन र यो प्रयोग गर्दा मजा पनि आँउछ । यहाँ बेडरुममा फङ्गशुइको प्रयो कसरी गर्ने भन्ने जानकारी दिइएको छ ।
इलेक्ट्रोनिक्स सामान नराख्नुहोस्
आफ्नो बेडरुमबाट सबै इलेक्ट्रोनिक्स सामान हटाई दिनुहोस् । टिवी, कम्प्युटर, ल्यापटपलगायतका अन्य बस्तु बेडरुममा राख्नु हुदैन । यसले शक्तीलाई रोक्ने काम गर्दछन् । यस्ता सामान राख्नाले मनमा शान्ती आउन पाँउदैन ।
पलङ राख्ने दिशा
यदि पलङलाई भित्ताको नजिकै सटाएर राख्न लाग्नु भएको छ भने टाउकोको पछाडिको भित्ता मजबुत हुनु पर्छ । तपाईको टाउको भित्ताको कुनामा तथा दराजको पछाडि हुनु हुदैन । यसका साथै सुत्ने बेला तपाईको खुट्टा पनि भित्ता तर्फ हुनु हुदैन । यस्तो मृत्यूको समयमा मात्र हुने भएकाले यसरी सुत्नु हुदैन ।
बेडरुमको रङ
आफ्नो बेडरुमलाई रङहरुले भरि दिनुहोस् । माटोसँग मिल्ने रङ जस्तैः चकलेट ब्राउन तथा गुलाबी रातो रङ राम्रो हुन्छ । यदि तपाईले थोरै रोमान्टिक टच दिन चाहनु हुन्छ भने गुलाबी, रातो, बैजनी, सुन्तला रङ राम्रो मानिन्छ ।
ऐना
कोठामा ठुलो ऐना लगाउनुहोस्, जसमा पुरै सरीर देखियोस । यदि ऐना बेडको छेउमा राखिएको छ र तपाई त्यसमा देखि रहनु भएको छैन भने कुनै फरक पर्दैन । यदि तपाई बेडमा हुनु हुन्छ र ऐनामा सबै देखि रहेको छ भने सुत्नु भन्दा पहिले ऐना लाई कपडाले ढाकि दिनुस ।