खाना खानेबित्तिकै यी काम नगर्नुहोस् |
के तपाईं खाना खानेबित्तिकै घुम्नका लागि बाहिर निस्कनु हुन्छ ? खाना खाएपछि बाहिर निस्किहाल्ने बानी अधिकांशको हुन्छ । सामान्य रूपमा सोच्दा यस्तो गर्नु हानिकारक जस्तो लाग्दैन । तर, स्वास्थ्यका दृष्टिकोणले भने यो राम्रो होइन । स्वास्थ्य विशेषज्ञहरूका अनुसार खानापछि केही समय आराम गर्नुपर्ने हुन्छ । खाना खानेबित्तिकै पेटलाई असर पर्ने काम ग¥यौं पाचन प्रक्रिया गडबड हुन्छ । त्यसैले, बिहान खाना खाएपछि १५÷२० मिनेट आराम गर्नुपर्ने स्वास्थ्यविद्हरूको सुझाव छ । खानापछि तुरुन्त गर्न नहुने केही कामहरू यहाँ उल्लेख गरिएको छ ः
ब्रश गर्नु
खाना खानेबित्तिकै ब्रश गर्नु हुँदैन । यदि तपाईंले अमिलो हुने फल खानुभएको छ भने ब्रश गर्नाले दाँतको बाहिरी पत्र (इनामल) बाहिर निस्कन्छ । यसले गर्दा दाँतमा दीघकालीन समस्या देखिन सक्छ ।
धेरै पानी पिउनु
खानेबित्तिकै धेरै पानी पिउनु हुँदैन । यसो गर्नाले पाचनक्रिया कमजोर बन्छ । साथै, ग्याष्ट्रिक, अजीर्णलगायत पेटको समस्यासमेत निम्तन्छ ।
धूमपान गर्नु
धूमपान गर्नु हानिकारक हो । यो सबैलाई थाहा नै छ । तर, खाना खाएलगत्तै धूमपान गर्दा स्वास्थ्यमा अन्य बेलाको भन्दा बढी हानि पुग्छ । खानापछि शरीरको रक्त सञ्चार छिटोछिटो हुन्छ । यस्तो बेला ध्रूमपान गर्दा धूवाँले फोक्सो तथा किड्नीमा तीव्र खराबी ल्याउँछ ।
हिँड्न निस्कनु
खाना खानेबित्तिकै हिँड्न निस्कँदा खानाबाट प्राप्त हुने पोषणतŒव राम्रोसँग हाम्रो शरीरले लिन पाउँदैन । यसो गर्दा पाचन प्रणालीले समेत राम्ररी काम गर्न सक्दैन ।
ड्राइभिङ गर्नु
खाना खाएपछि दिमागलाई केही बोझ पर्छ । खाना खानेबित्तिकै आफ्नो सबै ध्यान ड्राइभिङमा लगाउँदा खाना पचाउने क्रियामा दिमागको सहयोग पुग्न सक्दैन, जसकारण पेटसम्बन्धी समस्या हुन्छ ।
सुत्नु
खाना खानेबित्तिकै सुत्ने गर्नाले पाचनसम्बन्धी रोग लाग्न सक्छ । खाना खाएको कम्तीमा ३० मिनेटपछि सुत्नु स्वास्थ्यको दृष्टिकोणले उचित हो ।
चिया पिउनु
चियामा एसिड पाइन्छ, जसले खानामा हुने प्रोटिन शरीरमा पच्न दिँदैन । साथै, यसले समयमै खाना पच्ने प्रक्रिया ढिलो गराउँछ ।
नुहाउनु
खाना खानेबित्तिकै नुहाउँदा हात, खुट्टा तथा शरीरको रक्त प्रवाह पेटको आसपास बढ्ने÷घट्ने हुन्छ । यसबाट पाचन क्रिया सुस्त भई बिरामी पर्ने सम्भावना बढ्छ ।
जिम जानु
यदि खानेबित्तिकै जिम जानुभयो भने शरीरको मेटाबोलिज्म कम भई खाएको कुरा राम्रोसँग पच्दैन । खाना खाएगलत्तै शारीरिक कसरत गर्न असहज पनि हुन्छ ।
फलफूल सेवन
अन्य बेला फलफूल सेवन गर्नु अति नै राम्रो हो । फलफूल बहु गुणयुक्त खानेकुरा मानिन्छ । तर, खाना खानेबित्तिकै फलफूलको सेवनचाहिँ स्वास्थ्यवद्र्धक हुँदैन । यसो गर्दा ग्यास बढेर पेट फुल्न सक्छ । त्यसैले, खाना खाएको कम्तीमा आधा घण्टापछि मात्र फलफूल खाने गर्नुहोस् ।
पौडनु
खाना खानुभन्दा पहिले पौडनु राम्रो हो । खाना खानेबित्तिकै पौडिँदा पाचन क्रिया बिग्रन्छ । यस्तो गर्नाले मुखमा अमिलो पानी निस्कन सक्छ ।
भ¥याङ चढ्नु
खाना खानेबित्तिकै भ¥याङ चढ्नु हुँदैन । यसो गर्दा खाना पचाउने जुसको असन्तुलित स्राव हुन्छ, जसबाट ग्याष्ट्रिकलगायत समस्या बढ्छ ।