मुख्य शहरहरुमा वायु गुणस्तर मापन केन्द्रहरु विस्तार गरिने |

काठमाडौं (आपास) । मुख्य मुख्य शहरहरुमा वायु गुणस्तर मापन केन्द्रहरु विस्तार गरिने भएको छ । साथै वातावरण परिक्षण र अनुगमन कार्यलाई प्रभावकारी बनाउन बजेटको व्यवस्था गरिएको छ । काठमाडौं उपत्यकाको वातावरणीय स्वच्छता कायम गर्न ध्वनी, धुलो, वायु प्रदुषण नियन्त्रण र फोहर व्यवस्थापन गर्न सहयोग गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
नागरिकको मौलिक हकमा रहेको सुरक्षित आवास सुनिश्चित गर्न जनता आवासका अतिरिक्त नयाँ कार्यक्रम शुरु गरिने छ । यस क्रममा आगामि आर्थिक वर्षं गरिबीको रेखामुनी रहेका घर परिवारहरुले सुरक्षित आवासको निर्माण आफैले गर्न चाहेमा प्रति परिवार जस्तापाता, सहुलियत दरको काठलगायतका सामाग्रि खरिदको लागि ५० हजार रुपैयाँ अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । भूमीहिन तथा प्रकोपका कारण घरवार बिहिन भएका परिवार समेतलाई यस कार्यक्रममा समाबवेस गरी सुरक्षित एव्म व्यवस्थित बसोवासको विकास गरिने वक्तव्यमा उल्लेख छ ।
सम्भाब्यताका आधारमा सहरहरुलाई मेगा सिटी, हरित सहर र स्मार्ट सिटीको रुपमा विकास गर्न बजेट बिनियोजन गरिएको छ । मनोरन्जनलगायतको अत्यावश्यक सुबिधा सहितको सहरी पूर्वाधारको निर्माणमा जोड दिइने बजेट वक्तव्यमा उल्लेख छ । ऐतिहासिक एवम् सास्कृतिक महत्वका सहरहरुको पुनरुत्थान गर्न कार्यक्रम सञ्चालन गरिने बताइएको छ । सघन सहरी विकास कार्यक्रम अन्तर्गत तराई मधेश लगायतका २१ जिल्ला सदरमुकाम सहरहरुको पूर्वाधार विकास र सौन्दर्यीकरणका लागि आयोजनाहरुका लागि आवश्यक रकम बिनियोजन गरिएको छ । भवन र सहरी विकासको लागि ३३ अर्ब ३७ करोड ८९ लाख बजेट विनियोजन गरिएको छ ।
अन्तराष्ट्रिय सम्मेलन केन्द्र
बुटवलमा निर्माणधिन अन्तराष्ट्रिय सम्मेलन केन्द्र र अन्तराष्ट्रिय प्रर्दशनी केन्द्रको निर्माणको लागि आवस्यक बजेट बिनियोजन गरिएको छ । साझा यातायात सहकारी सस्थाका ललितपुर स्थित जमिनमा सार्वजनिक निजी सहकारी सहभागितामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्न आवश्यक प्रवन्ध मिलाउन बजेट बिनियोजन गरिएको छ ।
सबैलाई जस्तापाताको छाना मुनि ल्याइने
संघिय सरकार, स्थानिय तह र सम्बन्धित परिवारको सहभागितामा पराल वा खरको छाना भएका घर परिवारलाई जस्तापाताको छानामुनि ल्याउने वक्तव्यमा उल्लेख छ । यसका लागि सुरक्षित नागरिक आवास कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताइएको छ । प्रदेश र स्थानिय तहको सहकार्यमा एक पटकका लागि सुकुम्बासीको आवास समस्या समाधान गरिने उल्लेख छ ।
बाग्मती सुधार आयोजना
बाग्मती सुधार आयोजनालाई निरन्तरता दिन आवश्यक बजेट बिनियोजन गरिएको छ । काठमाडौं उपत्यकाको सभ्यताको रुपमा रहेका बाग्मती, विष्णुमती, इच्छुमती, इन्द्रावती, मनोहरा, हनुमन्ते र नख्खु खोला लगायतका नदिहरु ढल तथा फोहरमुक्त बनाइने छ ।