व्यापारिक मार्ग विस्तार तिब्र | वेलहिया—बुटवल खण्डको ११ किमि सडक कालोपत्रे
काठमाडौं (आपास)भारत तथा चीनसँग जोडिएका केही नाकामा सवारीधानको आवतजावत बढ्न थालेपछि सरकारले व्यापारिक मार्ग बिस्तार आयोजना अगाडि बढाएको हो । खासगरी महेन्द्र राजमार्गदेखि दक्षिणतर्फका नाकामा दुई लेनको सडकले गाडीको चापलाई धान्न नसक्ने अवस्था रहेको सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले बताए । ‘त्यसैले आगामी २५÷३० वर्षसम्मको ट्राफिकलाई थेग्न सक्ने गरी व्यापारिक मार्गलाई ६ लेनमा विस्तार गर्न लागिएको हो,’ उनले भने । यस्ता मार्गको विस्तारले व्यापारिक नाकाहरूबाट सहज रूपमा सामान आयातनिर्यात गर्न सकिनेछ । यससँगै अत्याधुनिक व्यापार मार्गमा पर्ने बस्तीहरू पनि व्यापारिक करिडोरका रूपमा विकास हुनेछन् । यस्ता करिडोरभित्र उद्योग तथा कलकारखाना निर्माणले पनि तीव्रता पाउने महानिर्देशक सिग्देलको भनाइ छ । साथै, यस्ता व्यापारिक करिडोरमा विदेशी लगानी भित्रिने सम्भावनासमेत रहेको उनको भनाइ छ ।
नेपाल सरकारले हाल व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत बेलहिया–बुटवल सडक, रानी विराटनगर–इटहरी सडक, वीरगञ्ज–पथलैया, जटही—जनकपुर—ढल्केवर र मोहनापुलअतरिया सडक खण्ड बिस्तारको काम भइ रहेको छ । सरकारले यी आयोजनालाई उच्च प्राथमिकतामा राखेको सिग्देलले जानकारी दिए । बेलहिया–बुटवल सडक विस्तारको काम तीव्र गतिमा भइरहेको छ । २७ किमी लम्बाइ रहेको यो सडक खण्ड ६ लेनमा विस्तार भइरहेको छ । यस खण्डको हालसम्म ११ किमि सडक कालोपत्रे भैसकेको छ । विरगंज—पथलैया खण्डको २८ किमि सडक विस्तार कार्यको ठेक्का व्यवस्थापन भई दु्रत गतिमा निर्माण भैरहेको सिग्देलले बताए । अर्को व्यापारिक मार्ग जटही—जनकपुर—ढल्केवर खण्डको जटही देखि जनकपुरसम्मको १३ दशमलव ८ किमि सडकको विस्तार कार्य सुचारm रहेको छ । जनकपुर—ढल्केवर खण्डको २३ किमि सडकको पनि ठेक्कापट्टा व्यवस्थापन सम्पन्न भई निर्माण शुरु भएको छ । सुदुरपश्चिमको मोहनापुल अतरिया खण्डको १३ किमि सडको पनि ठेक्कापट्टा व्यवस्थापन सम्पन्न भई निर्माण शुरु भएको छ ।
व्यापारिक मार्गका विशेषता
यी सडकको चौडाइ ५० मिटरको हुनेछ । सडकको बीचमा डेडिकेटेड चार लेन तथा दुवै छेउमा सर्भिस लेन रहनेछ । सर्भिस लेनभन्दा बाहिर फूटपाथ छुट्ट्याइएको छ । सडक विभागले खानेपानी, ढललगायत संरचना आफ्नै खर्चमा फूटपाथमा सार्ने सिग्देलले जानकारी दिए । जसले गर्दा खानेपानी, ढललगायतको मर्मतसम्भारका लागि सडक बिर्गानुपर्दैन । यो सडकमा निश्चित ठाउँबाट मात्र बाटो काट्न सकिनेछ ।
हालसम्मको अवस्था
ड्ड वेलहिया—बुटवल सडकको सम्पुर्ण खण्ड २७ किमि सडकलाई ६ लेनमा विस्तारको लागि ठेक्कापट्टा व्यवस्थापन भएकोमा हालसम्म ११ किमि सडक कालोपत्रे भैसकेको छ ।
ड्ड रानी—विराटनगर—ईटहरी सडकको २८ किमि विस्तारको लागि ठेक्कापट्टा व्यवस्थापन भएकोमा हालसम्म ५ किमि सडक कालोपत्रे भैसकेको छ ।
ड्ड विरगंज—पथलैया सडक (२८ किमि) सडक विस्तार कार्यको ठेक्का व्यवस्थापन भई दु्रत गतिमा निर्माण भैरहेको छ ।
ड्ड जटही—जनकपुर—ढल्केवर खण्ड अन्तर्गत जटही देखि जनकपुरसम्मको १३ दशमलव ८ किमि सडकको विस्तार कार्य सुचारm रहेको छ । जनकपुर—ढल्केवर खण्डको २३ किमि सडक ठेक्कापट्टा व्यवस्थापन सम्पन्न भई निर्माण शुरु भएको छ ।
ड्ड मोहनापुल अतरिया खण्ड १३ किमि ठेक्कापट्टा व्यवस्थापन सम्पन्न भई निर्माण शुरु भएको छ ।