भानुमा ३ महीने गलैंचा बुनाइ तालीम |
आर्थिक पाटी संवाददातातनहुँ । गलंैचा निकासीकर्ता सङ्घले गलंैचा उद्योगमा जनशक्ति थप्न विभिन्न ठाँउमा गलैंचा बुन्ने तालीम दिन थालेको छ । नेपाल गलंैचा निकासीकर्ता सङ्घका अध्यक्ष रामबहादुर गुरुङले गलैंचा उद्योगमा २० हजार जनालाई रोजगारी दिइने जानकारी दिए । यसै सन्दर्भमा तनहुँ जिल्लास्थित भानु नगरपालिका–१ मा ३ महीने गलैंचा बुनाइ तालीम सञ्चालन गरिएको छ । भानु भन्सारमा गलैंचा उद्योगको नमूना तालीम केन्द्र स्थापना गर्ने उद्देश्यले यो तालीम सञ्चालन गरिएको हो ।
यसको लागि व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र ललितपुर, ग्रामीणमुखी युवा अभियानद्वारा संयुक्त तालीम सञ्चालन तथा आवश्यक प्राविधिक तयारी तीव्र पारिएको छ । नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु नेपाली गलैंचा रहेको र त्यसको मागअनुसारको उत्पादन हुन नसकेकोले उद्योगमा जनशक्ति थपी निर्यात बढाउन लागिएको नेपाल गलंैचा निकासीकर्ता सङ्घका अध्यक्ष गुरुङले जानकारी दिए । प्रदेश नम्बर–४ का सांसद समेत रहेका गुरुङले गलैंचामा बजारको समस्या नभएको पनि गुणस्तर, मूल्य र जनशक्तिको समस्या बताए । तनहुँको बेरोजगारी घटाउन र देशमा समृद्धि ल्याउने गलैंचा उद्योगमा महŒवपूर्ण भएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले बताए ।
नेपाल गलंैचा निकासीकर्ता सङ्घका महासचिव तेञ्जिङ शेर्पाका अनुसार नेपालबाट वार्षिक ८ लाख वर्गमिटर गलैंचा निर्यात हुने गरेको छ । सो निर्यातबाट १५ करोड २० लाख डलर रुपैयाँ बराबर रकम भित्रिन्छ । नेपाल गलंैचा निकासीकर्ता सङ्घका महासचिव शेर्पाले नेपाली गलैंचाको विश्व बजारमा माग उच्च रहेकोले गलैंचा उद्योगमा २० हजार जना जनशक्ति थप गर्न आवश्यक रहेको बताए । बेरोजगारी समस्या समाधान र आर्थिक समृद्धिको लागि अमेरिकालगायतका यूरोपका अधिकांश देशहरूमा निर्यात हुने गलैंचा उद्योगको विस्तार गर्नु जरुरी रहेको उनको भनाय छ ।
यस्तैगरी, भानु नगरपालिका–२ खहरेमा यस्तै तालीम शुरू गरिएको छ । दुई ठाउँमा गरी तालीममा १ सय १७ जनाको सहभागिता रहेका छ ।