धनगढीमा सूचना प्रविधि केन्द्र |
धनगढी (आपास) । प्रदेश ७ को धनगढी उपमहानगरपालिकामा सूचना प्रविधि केन्द्र सञ्चालनमा ल्याइएको छ । उक्त केन्द्रको सोमवार नगरप्रमुख नृपबहादुर वडले उद्घाटन गरेका हुन् ।
सो अवसरमा उनले सूचना प्रविधिको प्रयोग गरेर स्थानीय सरकार र नागरिकबीच रचनात्मक सहकार्य गर्न सहज हुने अपेक्षा गरे । नगरको बजेट, कार्यक्रम, निर्णयलगायतका सबै गतिविधिहरू उक्त केन्द्रमा राख्न मिल्ने गरी प्रविधि जडान गरिएको उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ । नगर विभिन्न गतिविधि सर्वसाधारणसमक्ष पु¥याउने उद्देश्यले ‘हाम्रो धनगढी’ नामको एप्स पनि सोही अवसरमा सार्वजनिक गरिएको छ ।