विद्यार्थीलाई जनताको सहयोग |

काठमाडौं (आपास) । जनता बैङ्कले विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको बताएको छ । बैङ्कको प्रभास शाखाका प्रबन्धक अजयकुमार श्रेष्ठले विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटालाई एक कार्यक्रमबीच सहयोग रकम हस्तान्तरण गरेका हुन् । बैङ्कले नवलपरासीको सरावल गाउँपालिका–१, खोखरपुरास्थित आदर्श माध्यमिक विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्मका १ सय १४ विद्यार्थीलाई झोला र स्टेसनरी सामग्री प्रदान गरेको हो । विपन्न परिवारका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयका विद्यार्थीलाई शिक्षा आर्जनमा हौसला प्रदान गर्ने उद्देश्यले सहयोग सामग्री वितरण गरिएको बैङ्कले जानकारी दिएको छ । रूपन्देहीस्थित देविनगर शाखाको इञ्चार्ज मार्टिना चौधरी नेतृत्वको टोलीले विद्यार्थीलाई सहयोग सामग्री हस्तान्तरण गरेका थियो ।
यसैगरी, बैङ्कले पाल्पाको दमकडा माविमा खानेपानीको व्यवस्थापन गर्न संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट २४ हजार रुपैयाँ प्रदान गरेको छ । फरक क्षमता भएका (दृष्टीविहीन) सहित ७ सय १५ विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा बैङ्कको सहयोग रकमबाट समर्सियल पम्प जडान गरी खानेपानीको प्रबन्ध गरिने बताइएको छ ।