लक्ष्मीको एटीएम ब्यारेकमा |
काठमाडौं (आपास) । लक्ष्मी बैङ्कले नेपाली सेनाको ब्यारेकमा एटीएम काउण्टर सञ्चालनमा ल्याएकोे छ । बैंकले पोखराको पश्चिम पृतना हेडक्वार्टर विजयपुरस्थित ब्यारेकमा बिहीवारदेखि उक्त एटीएम काउण्टर सञ्चालनमा ल्याएको हो । पृतनापति देवेन्द्रबहादुर मेधासी र लक्ष्मी बैङ्कका प्रतिनिधि मनीषराज कुँवरले संयुक्त रुपमा उक्त एटीएमको उद्घाटन गरेका हुन् ।
एटीएम काउण्टर सञ्चालनले ब्यारेकका सैनिक तथा सर्वसाधारणलाई कारोबार गर्न सहज हुने बैङ्कको विश्वास छ ।