एनआईसी एशिया अब चन्द्रनिगाहपुरमा |
काठमाडौं (आपास) । एनआईसी एशिया बैंकले रौतहटको चन्द्रपुर नगरपालिका–४, चन्द्रनिगाहपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले देशका सबै स्थानीय निकायमा वित्तीय सेवा पु¥याउने उद्देश्यअनुरूप बिहीवार उक्त शाखाको उद्घाटन गरेको हो । उक्त शाखाको चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुनीलकुमार जैसवालले उद्घाटन गरेका हुन् । उक्त शाखाले सो क्षेत्रका उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैंकको विश्वास छ ।
सो शाखाले स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पु¥याउने बैंकले बताएको छ । योसहित अब एनआईसी एशिया बैङ्कको शाखा सङ्ख्या २ सय १७ पुगेको छ ।