गण्डकीका थप दुई शाखा सञ्चालनमा |

काठमाडौं (आपास) । गण्डकी विकास बैङ्कले मङ्गलवारदेखि थप दुई शाखा सञ्चालनमा ल्याएको छ । बैङकले दाङको घोराही र चितवनको पर्सामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । ती दुवै शाखाको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले संयुक्त रुपमा गरेका हुन् ।
गण्डकीले वित्तीय सेवाको पहुँच नपुगेको शहरी एवम् ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्दै लाने योजनाअनुरूप सोमवारमात्रै धनगढीमा शाखा सञ्चालन गरेको थियो ।