मिथिला लघुवित्तको सीईओमा राउत नियुक्त |
काठमाडौं (आपास) । मिथिला लघुवित्त विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सत्यदेव राउत नियुक्त भएका छन् । कम्पनीको गत शुक्रवार सम्पन्न सञ्चालक समितिको बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो ।
उनको कार्यकाल आइतवारदेखि लागू भएको छ । गरिवी निवारण कार्यक्रममा ठूलो योगदान पुर्याउँदै आएको उक्त लघुवित्तले न्यून आय भएका विपन्न वर्गलाई घरदैलोमा नै पुगेर वित्तीय सेवा दिइरहेको छ । ग्रामीण जनताको आर्थिक तथा सामाजिक जीवन स्तर वृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गर्दै आएको यस लुघुवित्तले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, रौतहट, बारा, उदयपुर र रामेछाप गरी १० जिल्लामा २१ ओटा शाखामार्फत सेवा दिइरहेको छ ।