पेण्ट डिलर्स एशोसिएशनमा खत्री |
काठमाडौं (आपास) । पेण्ट डिलर्स एशोसिएशनमा नयाँ नेत्व चयन भएको छ । एशोसिएशनमा रामचन्द्र खत्रीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । शनिवार काठमाडौंको बानेश्वरमा आयोजित नवौं वार्षिक साधारणसभाले उक्त नयाँ कार्यसमिति चयन गरेको हो । उक्त समिति आगामी ३ वर्षका लागि चयन भएको हो ।
खत्री अघिल्लो कार्यकालमा उपाध्यक्ष थिए । नयाँ जिम्मेवारीसँगै नवनिर्वाचित अध्यक्ष रामचन्द्रले आफ्नो कार्यकालमा व्यवसायीको हकहित र उपभोक्ताको आवश्यकता अनुरूपको योजनासहित काम गर्ने प्रतिवद्धता जनाए ।