अाैद्याेगिक लाेडसेडिङ पनि अन्त्य |
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वैशाख ३१ गते सोमवारबाट अाैद्याेगिक क्षेत्रमा हुँदै आएको लोडसेडिङ पनि अन्त्य हुने बताएका छन् । आइतबारदेखि नै यस क्षेत्रमा बिजुली कटाैती नभएकाे जनाउँदै घिसिङले अाजबाट अाैद्याेगिक लाेडसेडिङ अन्त्य भएकाे औपचारिक घोषणा गरिन लागेकाे जनाएका छन् ।
विद्युत प्राधिकरणले २०७३ को तिहारबाट काठमाडौं उपत्यकाकाे लाेडसेडिङ अन्त्य गरेकाे थियाे । हाल मुलुकका प्रमुख सहर लोडसेडिङमुक्त भए पनि पूर्णतः मुक्त भएकाे थिएन । अाैद्याेगिक क्षेत्रमा २ देखि ४ घण्टासम्म लोडसेडिङ हुँदै आएको थियो । अब भने साे क्षेत्रकाे लोडसेडिङ अन्त्य भएर देश ‘लाेडसेडिङमुक्त’ हुँदैछ ।
यसअघि जलस्रोत उर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनले वैशाखमै अाैद्याेगि क्षेत्रकाे लोडसेडिङ पनि अन्त्य गर्न प्राधिकरणलार्इ निर्देशन दिएका थिए । अहिले औद्योगिक क्षेत्रमा ३ सय मेगावाट बिजुली माग भइरहेकाे घिसिङकाे भनाइ छ ।