वर्लपूल कर्पोरेशन र करुणा ट्रेडलिङ्कबीच सहकार्यको घोषणा | .
वर्लपूल कर्पोरेशनका उत्कृष्ट उत्पादनहरु नेपाली बजारमा आएका छन् । कर्पोरेशनले काठमाडौंस्थित केरोना ट्रेडलिङ्क प्रालिसँगको सहकार्यमा युएस ब्राण्डमा घरायसी सामानहरु नेपाली बजारमा ल्याएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच वर्लपूल कर्पोरेशन र ट्रेडलिङ्कबीच सहकार्यको घोषणा गरियो । योसँगै अब केरोनाले सहज रुपमा नेपाली बजारमा उक्त ब्राण्डका सामानहरु पु¥याउनेछ ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र वर्लपूल कर्पोरेशन एशियाका वरिष्ठ निर्देशक इन्द्रनिल सिन्हाले वर्लपूल थ्री‘डि इन्भर्टर, एयर कन्डिसनर सार्वजनिक गरेका थिए । यससँगै इन्भर्टर, एसी, डिप फ्रिज, रेफ्रीजेरेटर, माइक्रो ओभन, वाशिङ मेशिन लगायतका सामानहरु बजारमा आएको छ । यी सामानहरु सस्तो र गुणस्तरीय रहेको ट्रेडलिङ्कका सीईओ प्रनिल थापाले बताए ।
ग्राहकले खोजेको बेला सहज रुपमा उपलब्ध गराउनसक्ने जनशक्ति र व्यवस्थापन तयार गरेर वर्लपूल कर्पोरेशनसँग सहकार्यको सम्झौता गरेको व्यवस्थापन निर्देशक बेबी दाहाल चापागाईँले बताइन् । उनले भनिन्, ‘हामी ग्राहकको सन्तुष्टि र खुशीलाई कहिल्यै ठेस लाग्न दिने छैनौँ, भनेको समयमा खोजेको ब्राण्ड उपलब्ध गराउनेदेखि रोजको सामान सहज र सुरक्षित तरिकाले घरमै प¥याईदिने व्यवस्था गरेका छौँ ।’
कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली काङ्ग्रेसका युव नेता गगन थापा, राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिमल्सिना, बैङ्कर्स अनिल शाह, कलाकारहरु झरना थापा, निर्मल शर्मा, आकाश अधिकारीका साथै उद्योगी व्यवसायी र पत्रकारहरुको पनि उपस्थिति थियो ।