एभरेष्ट र आईएमई जनरल इन्स्योरेन्सबीच सम्झौता |

दुवै कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको हो । सोसम्बन्धी सहमतिपत्रमा बैंकका सहायक महाप्रबन्धक केशवराज पौडेल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सहमतिसँगै अब बैंकका ग्राहकले आईएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने बीमा सेवासम्बन्धी सबै सुविधा बैंकका सबै शाखाबाट लिन सकिने कम्पनीले जानकारी दिएको छ ।