हुवाबे नोभा टूआईको मूल्य घट्यो |
पहिले रू. ३३ हजार ९ सय पर्ने यसको मूल्य अब ३० हजार ९ सयमा उपलब्ध गराएको कम्पनीले बताएको छ ।
कम्पनीले आप्mनो नयाँ उत्पादन नोभा थ्रीई भिœयाएको केही दिनमै नोभा टूआईको मूल्य घटाएको हो । ५.९ इञ्च फूल भ्यू डिस्प्ले स्क्रिन भएको यो स्मार्ट फोनमा भिडियो हेर्दा ठूलो पर्दामा चलचित्र हेरेभैm लाग्छ । ४ जीबी र्याम, ६४ जीबी अफ एक्स्प्लाण्डेबल स्टोरेज र किरिन ६५९ प्रोसेसर सुविधाका कारण यो फोन निकै तीव्र गतिमा चल्छ । ३,३४० एमएएच ब्याट्री, फिङ्गर सेन्सर, एण्ड्रोएड ७.० अप्रेटिङ सिष्टम र हाइब्रिड सिमलगायत विशेषता रहेका छन् । नोभा टूआईमा आधुनिक क्यामेरा सेटिङ पनि उपलब्ध छ । मेटलले बनेको यो स्मार्ट फोन गाढा नीलो, खैरो, कालो र हल्का सुनौलो रङमा उपलब्ध छ ।