पोखरामा फोर्ड फ्री स्टाइलको विक्री शुरू | आर्थिक पाटी संवाददाता
यो गाडीमा नवीनतम प्रविधि, सुरक्षा र सुविधाका साथ ९६ पीएस पावर दिने इञ्जिन, १९० एमएम ग्राउण्ड क्लियरेन्स, छओटा एयर ब्यागलगायत सुविधा रहेको कम्पनीले बताएको छ । यो गाडीले नेपालमा ह्याचब्याकभन्दा हल्का ठूलो गाडी रुचाउने ग्राहकको विश्वास जित्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो गाडी डिजेल र पेट्रोल दुवै भर्सनमा उपलब्ध छ । यसको मूल्य २६ लाख ९९ हजार रुपैयाँदेखि ३५ लाख ९९ हजार रुपैयाँसम्म पर्छ ।
अमेरिकन टेक्नोलोजी र भारत तथा थाइल्याण्डमा उत्पादित अन्तरराष्ट्रिय ब्राण्ड फोर्ड मोटर्सका विभिन्न मोडलका गाडीको प्रदेश–४ अन्तर्गत गण्डकी धौलागिरीको अधिकारिक विक्रेता अटो भेञ्चर कम्पनी हो । फोर्डका इण्डेभर, रेञ्जर, इकोस्पोट, एस्पायर, फिगोलगायत ब्राण्ड नेपाली बजारमा उपलब्ध छन् ।
फोर्डका गाडी नेपालको बाटो सुहाउँदो, इन्धनमा किफायती, बलियो र आकर्षक मोडलमा रहेको र विक्रीपछिको सेवा पनि राम्रो रहेको कम्पनीको दाबी छ ।