‘सेफ नेपाल’ले रिभिल गर्यो सुटिङ स्टुडियो

‘सेफ नेपाल’ले रिभिल गर्यो सुटिङ स्टुडियो

काठमाडौं । नेपालकै पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’ को सुटिङ स्टुडियोको सेट रिभिल भएको छ । शो को सेट भक्तपुर ठिमीस्थित रोयल थाइ हस्पिट्यालिटी को प्राङ्गणभित्र रहेको छ । शो का मास्टर जज सेफ सन्तोष साहले सेट ढाकिएको पर्दा झारी सेटको रिभिल गरेका हुन् ।

शो का अन्य जज सेफ गणेशबहादुर ढकाल तथा भान्से लक्ष्मण प्रसााद भण्डारी पनि उपस्थित भइ सेटको रिभिल तथा कार्यक्रम बारे थप जानकारी उपलब्ध गराए । शो का निर्माता धर्मराज पाण्डेले कार्यक्रम को तालिका, प्रतियोगिता, तथा शो को उदेश्यबारे थप प्रष्ट  पारे । 

सेफ नेपालबारे प्रष्ट पार्दै निर्माता धर्मराज पाण्डेले टेलिभिजनको पर्दाबाट खाना पकाउँदै दर्शक माझ मनोरन्जन प्रदान गर्नुनै शो को मुख्य उद्देश्य भएको बताए । नेपाली खानाको प्रवर्द्धन, सेफ जगतको उत्थान, पाक कलाबारे चेतना, खाना र स्वास्थ्यको सम्वन्ध लगायत अनेक महत्वपूर्ण बिषयहरु उक्त शो ले उजागर गर्ने उनको भनाइ छ । 

‘सेफ नेपाल टिम यस डेलिभरीबारे सचेत छ ।  यो शो देशमै यस बिधामा पहिलो कार्यक्रम हो,’ पाण्डेले भने, ‘बाटो बनाउँदै सबैलाई बुझाउँदै अघि बढ्नु एक प्रकारको चुनौती जस्तै भएको छ ।’ तर सबै चुनौतीहरुलाई सामना गर्दै हामी धेरै अघि आइसकेका छौ । आजको सेट रिभिल त्यसको एक उदाहरण हो । सेट रिभिल भए सँगै अब छिटैनै शो को छायाँकन कार्य शुरु हुनेछ ।

शो जम्मा १८ इपिसोडको हुनेछ । ८० प्रतिस्पर्धीहरु शो मा प्रतिस्पर्धा गर्न को लागि तयार छन् । हिमालय टिभीबाट प्रशारण हुने यो नेपालकै पहिलो फुड रियालिटी शो हो । यस शो का बिजेताले नगद रु २५ लाख प्राप्त गर्नेछन् भने १० लाख रुपैयाँभन्दा बढीको उपहार दर्शकहरुले यस शो को क्विज सेग्मेन्टमार्फत प्राप्त गर्नेछन् ।
 

 

 

No comment yet. Be the first one to comment.