बैंकहरुमा बढ्न थाल्यो निक्षेप

बैंकहरुमा बढ्न थाल्यो निक्षेप

काठमाडौं । मंसिर पहिलो साता वाणिज्य बैंकहरुमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार मंसिर ९ गतेसम्म बैंकहरुले ४५ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो साता अर्थात मंसिर २ गतेसम्म ४५ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । 

यस अवधिमा बैंकहरुको कर्जा प्रवाह पनि ३ अर्ब रुपैयाँले विस्तार भएको छ । मंसिर २ गतेसम्म ४२ खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकामा मंसिर ९ गतेसम्म ४२ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो । मंसिर ९ गतेसम्म बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.८६ कायम रहेको छ ।

 

 

No comment yet. Be the first one to comment.