Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
नेपाल लाइफद्वारा ५.०३ अर्वको मृत्यु दावी भुक्तानी
आर्थिक पाटी संवाददाता
२०७९-०८-१०
बिचार / प्रतिक्रिया
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्त सम्ममा ५.०३ अर्व मृत्यु दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी हो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्रि बनाएको छ । यसै क्रममा यस इन्स्योरेन्सले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्युनतम समयमा मृत्यु दावी भुक्तानी गर्ने प्रबन्ध मिलाईएको कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।
प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रुपमा मृत्यु दावी भुक्तानी गर्न कम्पनी कटिबद्ध रहेको कुरा कम्पनीले बताएको छ । गत आर्थिक वर्ष २०७८।७९ मा ९९.०७ प्रतिशत मृत्यु दावी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको छ । सम्पूर्ण कागजात प्राप्त भए लगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको कम्पनीले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने कुरा सहर्ष जानकारी गराएको छ ।
२०७९ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १४९.७६ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्व ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्र्व ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्र्व रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
बैङ्क–वित्त / बीमा सम्बन्धित शीर्षकहरु
माछापुच्छ्र्रे बैंकका ग्राहकलाई फ्रन्टलाइन अस्पतालमा विशेष छुट
मेटलाइफद्वारा नयाँ बीमा योजना सार्वजनिक
सनराइज बैंकद्वारा त्रिविमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग
मुक्तिनाथ विकास बैंकद्वारा ग्राहकहरुलाई चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानमा विशेष छुट
ताजा अपडेट
नेप्सेमा ७६.६५ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
सनराइज फोकस्ड इक्विटी फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
रेमिटेन्सबाट ६ महिनामै ५ खर्ब ८५ अर्ब मुलुक भित्रियो, २४.३% ले बढ्यो
विभिन्न बहानामा नेपाली सफ्टवेयर नराख्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ
व्यवसाय प्रवर्द्धनको लागि मेला महत्वपूर्ण छ
क्यान इन्फोटेक मेलाको टिकेटिङ पार्टनरमा 'पे वेल'
शुरु भयो सुचना प्रबिधिको महा मेला ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०७९’
बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन प्रतिवद्ध छौंः गभर्नर अधिकारी
त्रिभुवन विश्वविद्यालयमा २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षा
लोकप्रिय
प्रदेश १ मा ‘डेस्टिनेसन मार्केटिङ कन्क्लेभ’ सम्पन्न
मोरङ्ग ब्यापार संघको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि १७ बुँदे सुझाव
विभिन्न बहानामा नेपाली सफ्टवेयर नराख्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ
आदर्श लघुवित्तको २१.०५% लाभांश घोषणा
अन्तर्राष्ट्रिय बजारमा जगदम्बा स्टील्सको सुपर शाइन र ग्याल्भा प्लसका जस्तापाताको माग बढ्यो