कच्चा तेलको भाउ दुई महिनायताकै न्यून विन्दु नजिक

कच्चा तेलको भाउ दुई महिनायताकै न्यून विन्दु नजिक

काठमाडौं ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ दई महिना यताकै न्यून विन्दु नजिक आइपुगेको छ । चीनमा कोभिडका कारण मागमा कमी आउने सम्भावना र अमेरिकी डलर पुनः बलियो बनेपछि सोमबार कच्चा तेलको भाउ करिब १ डलरले घटेको छ ।

‘ब्रेन्ट क्रुड फ्युचर्स’ १% ले घटेर प्रतिब्यारेल ८६.७५ अमेरिकी डलरमा कारोबार भएको छ । यस्तै, ‘युएस क्रुड फ्युचसं’ पनि १.१% ले घटेर ७९.२१ डलरमा आएकोे छ । यी दुबै बेन्चमार्कहरू सेप्टेम्बर २७ यताकै सबैभन्दा न्यून विन्दुमा आएका हुन् ।

विगत केही सातादेखि कच्चा तेलको भाउ घट्दो क्रममा रहेको छ । गत साता ब्रेन्ट क्रुड १०% र युएस क्रुड ९% ले घटेका थिए । अमेरिका र युरो जोनका प्रमुख राष्ट्रहरुको आर्थिक तथ्यांकले मन्दीको संकेत गरेका छन् । साथै, चीनमा पनि कोभिड संक्रमणका बढ्न थालेको छ । यी दुवै कारण तेलको मागमा कमी आउने सम्भावना देखिएपछि कच्चा तेलको भाउ घटेको विश्लेषण गरिएको छ ।

 

 

No comment yet. Be the first one to comment.