फेसबुकले सम्झाउँदै मंसिर ४ गते हुने चुनाव

फेसबुकले सम्झाउँदै मंसिर ४ गते हुने चुनाव

काठमाडौं । फेसबुकले आफ्नो नेपाली प्रयोगकर्ताहरूलाई आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनबारे सम्झाएकाे छ।

फेसबुकले शुक्रबारदेखि नेपाली प्रयोगकर्ताहरूको न्युज फिडिमा चुनाव हुनेबारे जानकारी दिन सुरू गरेको हो।

निर्वाचन आयोगले निर्वाचन हुने सम्बन्धी विभिन्न माध्यमबाट प्रचार-प्रसार गरिरहेको छ। यस्तैमा आयोगले विभिन्न व्यक्ति, समूह र कम्पनीहरूसँग सहकार्य गरेको पाइन्छ।

फेसबुकले नेपाली प्रयोगकर्ताहरूको न्युज फिडमा देखाएको सूचनामा लेखिएको छ, '(फेसबुक प्रयोगकर्ताको नाम), चुनाव हुने दिन मंसिर ४ हो! २०७९ मंसिर ४ गते हुने नेपालको संसदीय निर्वाचनसम्बन्धी जानकारी निर्वाचन आयोगबाट प्राप्त गर्नुहोस्।'

यसको तल उक्त जानकारी अन्य प्रयोगकर्तामाझ र फेसबुकमा सेयर गर्ने नेपालमा रहेका व्यक्तिहरूको संख्या उल्लेख गरिएको छ। त्यसको तल थप लेखिएको छ, 'चुनावसम्बन्धी जानकारी हेर्नुहोस्'।

यो विकल्प थिचेपछि निर्वाचन आयोगको आधिकारिक फेसबुक पेज खुल्छ। प्रयोगकर्ताले 'सेयर गर्नुहोस्' विकल्प पनि देख्न सक्नुहुन्छ। यो विकल्प थिचेपछि भने उक्त जानकारी प्रयोगकर्ताको फेसबुकमा सेयर हुन्छ। 

 

 

No comment yet. Be the first one to comment.