नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं ।  नेपाल ल्यूव आयलको ३०% लाभांश सुरक्षित गर्ने आज (असोज १३ गते) अन्तिम दिन हो । असोज २८ गते साधारण सभा बोलाएको कम्पनीले शुक्रबार असोज १४ गतेदखि २८ गतेसम्म बुक क्लोज गर्दैछ ।

यसर्थ, आजसम्म लाभांश दाबी गर्नका लागि सेयरधनी बनिसक्नुपर्नेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५% बोनस सेयर र ५% नगद गरी कुल ३०% लाभांश दिने घोषणा गरिसकेको छ । 

कम्पनीको सभा याक प्यालेस पुल्चोक, ललितपुरमा बिहान ११ः३० बजे सुरु हुनेछ । सभामा कम्पनीले हालको जारी पुँजी ५ करोड रुपैयाँबाट बढाएर १० करोड पुर्याउने एजेन्डा पनि पेश गर्दैछ ।

आर्थिक वर्ष २०७८–७९ को सञ्चालक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि रहेका छन् ।

 

 

No comment yet. Be the first one to comment.