रुरु जलविद्युतले १० प्रतिशत लाभांश वितरण गर्ने

रुरु जलविद्युतले १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । रुरु जलविद्युतले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ।

कम्पनीको असोज ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश पारित गर्न कम्पनीले कार्तिक ७ गते बानेश्वर ब्याङ्कवेटमा दिउसो १ बजे साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश शेयरधनीहरुले पाउने छन्।

साधारणसभा प्रयोजनको लागि कम्पनीले असोज २७ गते शेयरधनी किताब बन्द गर्ने भएकोले असोज २६ गतसम्म कायम शेयरधनीले प्रतावित लाभांश र साधारणसभामा भाग लिन पाउने छन्।

 

 

No comment yet. Be the first one to comment.