मिस ग्राण्ड नेपाल २०२२ को उपाधि ऐश्वर्य श्रेष्ठलाई

मिस ग्राण्ड नेपाल २०२२ को उपाधि ऐश्वर्य श्रेष्ठलाई
काठमाडौँ । मिस ग्राण्ड नेपाल २०२२ को ताज ऐश्वर्य श्रेष्ठले पहिरिएकी छन् । कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपले संयुक्त आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस ग्राण्ड नेपाल २०२२ को ताज साथै नगद रु. ६ लाख रुपैया पुरस्कार पाएकी हुन । नवविजेता श्रेष्ठले इन्डोनेसियाको बालीमा हुने मिस ग्राण्ड इनटरनेस्नलमा नेपालबाट सहभागीता जनाउनेछिन । प्रतियोगितामा फ्रस्ट रन्नर अप बर्षा भण्डारी र सेकन्ड रन्नर अप रक्षा उप्रेती भएकी छन ।
 
मिस ग्राण्ड नेपाल २०२२ को निर्णायक मण्डलमा अभिनेता अनुपविक्रम शाही, ¥यापर आशिष राना (लाहुरे), मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, समाजसेवी छिरिङ्ग वाङ्डी, सौन्दर्य प्रतियोगिता संघ नेपालका महासचिव निशु झा, मिस ग्राण्ड नेपालका नेसनल डाइरेक्टर सुरेश तामाङ रहेका थिए ।