Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
स्वदेशमै छ अवसर
आर्थिक पाटी संवाददाता
२०७९-०५-२६
बिचार / प्रतिक्रिया
कोभिड महामारीपछि कामको खोजीमा विदेशिने युवाको संख्या फेरी पनि आकाशिँदै जान थालिसकेको छ । श्रम तथा रोजगार विभागको ताजा तथ्यांकले विदेश उड्नेको संख्या दोब्बर भएर यो श्रावण महिनामा मात्र दिनमै २८०० ले श्रम स्वीकृति लिएको देखाएको छ । तर हातमा सीप हुनेले नेपालमै पनि राम्रो काम पाइरहेका छन्, जसको उदाहरण हुन् सन्जीब स्याङ्तान । २४ वर्षिय सन्जीव पेशाले को–अपरेटिभ फाइनान्स अड्भाइजर हुन् र उनी निरन्तर रुपमा अड्भान्स अकाउन्टिङको प्रशिक्षण पनि प्रदान गर्दै आइरहेका छन् । प्रस्तुत छ, यसै सन्दर्भमा उनीसँग गरिएको कुराकानीको संक्षिप्त अंश ː
तपाईले यहाँ काम गर्न थाल्नुभएको कति भयो ?
मैले यो क्षत्रमा काम गर्न थालेको चाहिँ सन २०१७ देखि हो, अहिलेको कम्पनी ई– डिजिटल नेपालमा चाहिँ विगत एक वर्षदेखि कार्यरत छु ।
तपाइले जागिर खोज्ने क्रममा के–के गर्नुभयो, त्यसको बारेमा पनि बताईदिनुहोस न ?
शुरुवाती अवस्थामा काम पाउन अलिक कठिन नै थियो । मैले मेरो साथीहरु, आफन्त लगायत चिने–जानेको सबैमार्फत काम खोजेँ। सामाजिक सञ्जालमा आउने हरेक विज्ञापन पनि हेर्थेँ, सम्पर्क गर्थेँ तर मेरो सिप र योग्यता अनुसारको काम भेट्टाउन सकिरहेको थिइँन । अन्त्यमा मैले फेसबुकमा कुमारी जब भेटेँ र वहाँहरु मार्फत नै मैले खोजेको जस्तै काम पाउन सफल पनि भएँ ।
कुमारी जबको बारेमा कसरी थाहा पाउनुभयो ?
मैले सामाजिक सञ्जाल फेसबुक मार्फत कुमारी जबको बारेमा थाहा पाएको हुँ ।
कामको लागि कुमारी जबले तपाईंलाई कस्तो सहयोग अथवा गाइडेन्स गर्यो ?
कुमारी जबले मलाई जागिरको सिलसिलामा धेरै सहयोग ग¥यो । वहाँहरुले मलाई अन्तरवार्ताको लागि कसरी आफुलाई तयार गर्ने र कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि राम्रो जानकारी प्रदान गर्नुभयो ।
कुमारी जबले तपाईंलाई अन्तर्वाता तयारीको लागि कस्तो सहयोग ग¥यो ?
अन्तर्वाताको लागि वहाँहरुले मलाई धेरै सहयोग गर्नुभयो । वहाँहरुले मलाई अफिसमै बोलाएर अन्तर्वाता कसरी हुन्छ, के–के सोधिन्छ र कसरी जवाफ दिने लगायत अन्य धेरै कुरामा सहयोग गर्नुभयो ।
६.कुमारी जबबाट तपाईंको अपेक्षा के थियो र अपेक्षा अनुरुपको सहयोग पाउनुभयो कि भएन ?
मैले एकदमै खोजेको जस्तै सहयोग पाएँ र यसको लागि म धेरै खुशी छु ।
कुमारी जबमार्फत पाएको रोजगारीले तपाईंको जीवनमा के परिवर्तन ल्याएको छ ?
पक्कै पनि कामले मलाई आर्थिक स्वतन्त्रता दिएको छ, र सँग–सँगै राम्रो जीवनशैली दिएको छ । र सबैभन्दा महत्त्वपूर्ण भनेको मैले हरेक दिन सिक्ने अवसर पाएको छु, जसले मेरो ज्ञान र सिप वृद्धि भएको छ जसले मलाई भविष्यको लागि तयार बनाएको छ ।
तपाईं विदेश जाने सोचमा हुनुहुन्छ कि नेपालमै अवसर देख्नुहुन्छ ?
मेरो क्षमता र अनुभवको आधारमा मैले नेपालमै राम्रो अवसर देखेको छु । त्यसैले विदेश जाने मेरो सोच छैन ।
त्यसो भए अहिले गर्नुभएको पेशामा सन्तुष्ट हुनुहुन्छ ?
हजुर, म मेरो अहिलेको काममा धेरै खुशी छु ।
यो अवसर जुराइदिएकोमा कुमारी जबलाई केहि भन्न चाहनुहुन्छ ?
मलाई काम खोज्न सहयोग गरेकोमा कुमारी जब र यसका सहयोगी, मिलनसार कर्मचारीहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । साथ–साथै कामको खोजीमा रहेका म जस्तै अन्य युवा मित्रहरुलाई पनि कुमारी जब मार्फत काम खोज्न सुझाव दिन्छु । वहाँहरुले कामको खोजीमा रहेका सबैलाई विल्कुलै निःशुल्क रुपमा सेवा प्रदान गर्नुहुन्छ र यदि तपाईंहरु पनि कामको खोजीमा हुनुहुन्छ भने कुमारी जबको सामाजिक सञ्जाल, वेबसाइट अथवा कुमारी जबको कार्यालयमै गएर एकदमै निःशुल्क रुपमा सेवा लिन सक्नुहुनेछ भनेर पनि जानकारी दिन चाहन्छु ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
अन्तरवार्ता सम्बन्धित शीर्षकहरु
विभिन्न बहानामा नेपाली सफ्टवेयर नराख्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ
व्यवसाय प्रवर्द्धनको लागि मेला महत्वपूर्ण छ
स्वदेशमै छ अवसर
अपेक्षा अनुरुपको जागिरको लागि कुमारी जब
ताजा अपडेट
नेप्सेमा ७६.६५ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
सनराइज फोकस्ड इक्विटी फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
रेमिटेन्सबाट ६ महिनामै ५ खर्ब ८५ अर्ब मुलुक भित्रियो, २४.३% ले बढ्यो
विभिन्न बहानामा नेपाली सफ्टवेयर नराख्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ
व्यवसाय प्रवर्द्धनको लागि मेला महत्वपूर्ण छ
क्यान इन्फोटेक मेलाको टिकेटिङ पार्टनरमा 'पे वेल'
शुरु भयो सुचना प्रबिधिको महा मेला ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०७९’
बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन प्रतिवद्ध छौंः गभर्नर अधिकारी
त्रिभुवन विश्वविद्यालयमा २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षा
लोकप्रिय
प्रदेश १ मा ‘डेस्टिनेसन मार्केटिङ कन्क्लेभ’ सम्पन्न
मोरङ्ग ब्यापार संघको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि १७ बुँदे सुझाव
विभिन्न बहानामा नेपाली सफ्टवेयर नराख्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ
आदर्श लघुवित्तको २१.०५% लाभांश घोषणा
अन्तर्राष्ट्रिय बजारमा जगदम्बा स्टील्सको सुपर शाइन र ग्याल्भा प्लसका जस्तापाताको माग बढ्यो