आज हरितालिका तीज, देशभर धुमधामसँग मनाइँदै

आज हरितालिका तीज, देशभर धुमधामसँग मनाइँदै

काठमाडौं । आज (भदौ १४ गते) हरितालिका तीज धुमधामसँग मनाइँदैछ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको भार्मिक विश्वास छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । 

आज काठमाडौं स्थित पशुपतिनाथ र देशभरका शिवालयमा श्रद्धालुको घुइँचो लाग्ने गरेको छ । तीज पर्वको अवसरमा सरकारले महिलालाई बिदा दिएको छ । 

 

No comment yet. Be the first one to comment.