लघुवित्त कम्पनीहरुले बढाए नाफा, प्रमुख सूचकहरुमा छिमेक लघुवित्त अगाडि

लघुवित्त कम्पनीहरुले बढाए नाफा, प्रमुख सूचकहरुमा छिमेक लघुवित्त अगाडि

काठमाडौं । असार मसान्तसम्म आइपुग्दा नेप्सेमा सूचीकृतमध्ये ३३ वटा लघुवित्त कम्पनीहरुले ७ अर्ब ८६ करोड १४ लाख रुपैयाँ बराबरको खुद नाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्षको भन्दा १०.४७% ले धेरै हो । अघिल्लो वर्षको यसैअवधिसम्ममा यी लघुवित्तहरुले कुल ७ अर्ब ११ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । प्रकाशित रिपोर्ट अनुसार अधिकांश संस्थाहरुको नाफा बढेको छ । ३३ लघुवित्तहरुको चुक्ता पुँजीसँगै नाफा, जगेडा कोष, खुद ब्याज आम्दानी लगाएतका सूचकहरुमा सुधार देखिएको छ । 

यस अवधिसम्म ३३ संस्थाहरुको चुक्ता पुँजी २१.४९% ले बढेर १८ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा पुँजी १५ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ रहेको थियो । रिपोर्ट अनुसार ७ लघुवित्तको पुँजी यथावत रहेको छ । २ कम्पनीको जगेडा कोष घटेको छ भने छिमेक लघुवित्त लगायत १० संस्थाको नाफामा गिरावट आएको देखिएको छ ।

साथै, अघिल्लो वर्ष यी ३३ वटा लघुवित्तको कुल १५ अर्ब ५३ करोड १० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढाएर यस अवधिसम्म १७ अर्ब ७० करोड ४५ लाख रुपैयाँ पुर्याउन सफल भएका छन् । चुक्ता पुँजी, खुद ब्याज आम्दानी, जगेडा कोष र खुद नाफालगायत प्रमुख सूचकहरुमा छिमेक लघुवित्त अगाडि रहेको छ ।


 

 

 

No comment yet. Be the first one to comment.