नेसनल हाइड्रोपावरले ५०% हकप्रद सेयर प्रस्तावसहित बोलायो विशेष साधारण सभा

नेसनल हाइड्रोपावरले ५०% हकप्रद सेयर प्रस्तावसहित बोलायो विशेष साधारण सभा

काठमाडौँ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १० गते विशेष साधारण सभा गर्ने भएको छ । साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा डेलिश ओपेरा रेस्ट्रो एन्ड बैंक्वेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा बोनस सेयर वितरण र सुनकोशी हाइड्रोपावर कम्पनीको प्राप्ति पश्चात कायम चुक्ता पुँजीको ५०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ । 

सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले भदौ २ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । यसआधारमा, भदौ १ गतेसम्म कायम रहने सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

 

 

No comment yet. Be the first one to comment.