छैठौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला भाद्र २ गतेदेखि हुने

नेपाली तथा अन्तरराष्ट्रिय महिला उद्यमीहरुका बीच प्रविधि तथा सिप आदान प्रदान गर्ने अवसर

छैठौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला भाद्र २ गतेदेखि हुने

काठमाडौं । महिला उद्यमी महासंघले छैटौं अन्तरराष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला २०२२ को आयोजना गर्ने भएको छ । आइतबार पत्रकार सम्मलेन मार्फत महासंघले उक्त कार्यक्रमको आयोजना गरिने जनाएको हो ।

संघले छैटौं अन्तरराष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला २०२२ भाद्र २ गतेदेखि ६ गतेसम्म हेरिटेज गार्डेन सानेपामा गर्न लागेको हो । यस व्यापार मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारी देखि महिला निर्यातकर्ताका साथै अन्तरराष्ट्रिय मुलुकका उद्यमी महिला र देश भित्रका विभिन्न जिल्ला संघका महिला उद्यमीहरुको सहभागिता रहने महासंघकी अध्यक्ष निरु रायमाझीले क्षत्रीले जानकारी दिइन् । 

ललितपुरको हेरिटेज गार्डेनमा गर्ने भनिएको उक्त मेला प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । महिला उद्यमी महासंघले विगत ५ वर्ष देखि सफलतापुर्वक अन्तर्राष्ट्रिय महिला व्यापार मेला आयोजना गर्दै आईरहेको छ ।

मेलाले नेपाली तथा अन्तरराष्ट्रिय महिला उद्यमीहरुका बीच प्रविधि तथा सिप आदान प्रदान गर्ने अवसर प्रदान गर्ने आयोजकको दावि छ । यसका साथै मेलाले वस्तुको प्रर्दशनी, पबद्र्धन र बजारीकरणका साथै अलनाईन बजारीकरण गर्न सहयोग पुर्याउने भएको छ । यसका साथै देशभरको स्थानीय उत्पादन एकै ठाँउमा उपलब्ध गराउनु मेलाको उदेस्य रहेको आयोजकको दाबि रहेको छ ।

उक्त मेलामा हस्तकलाका सामानहरु जस्तै प्राकृतिक रेशाजन्य वस्तु ढाका तथा घरबुनाका सामान हाते कागजका वस्तुहरु, जैविक खाद्य पर्दाथ स्वदेश तथा विदेशका खानेकुराका परिकारहरु कृषिजन्य उत्पादनहरु, पुष्प सामाग्रीहरु, जडिबुटीहरु, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरु प्रदर्शनीमा राखिने महासंघले जनाएको छ । 

साे मेलामा जिल्ला राष्ट्रिय तथा अन्तरराष्ट्रिय महिला उद्यमीहरुका ५०६ वटा उत्पादनहरुको स्टलहरु रहनेछन् । स्वदेशका महिला उद्यमी लगायत भारत, पाकिस्तान, बंगलादेश आदिका महिला उद्यमीहरुका उत्कृष्ट उत्पादनहरु पनि किन्ने र अवलोकन गर्ने महासंघकी प्रथम उपाध्यक्ष शाेभा ज्ञवालीले जानकारी दिइन् । 

एक्पोको संयोजक तथा प्रथम उपाध्यक्ष ज्ञवालीले कोरोना महामारीले आफ्नै उत्पादनलाई प्रोत्साहन गर्न सिकाएको बताएकी छिन् । उनले भनिन्, ‘कोरोना महामारीको बेला हामीले आफ्नै उत्पादनमा भर पर्नुपर्ने रहेछ भन्ने पाठ सिकियो । यसका लागि उद्यमशिलतालाई प्रोत्साहन गर्नुपर्छ । यसै अनुरुप हामी कुनै पनि देश सक्षम हुनका लागि स्वदेशी खाउ स्वदेशी लाउँ उद्यमशिलतालाई प्रोत्साहन गरौं भन्नेमा लागि परेका छौं ।

चार दिनसम्म हुने प्रदर्शनीका लागि प्रति स्टल ३ हजारदेखि ५० हजार रुपैयाँ मूल्य तोकेको छ महासंघले जनाएको छ। सो मेलामा १०९ वटा स्टल हुनेछन् । जसमा एउटा स्टलमा दुई जना उद्यमी गरी २ सय १८ जना उद्यमीको स्टल हुनेछन् । 

महासंघबाट प्रदर्शन हुने वस्तुको स्टलका लागि ३ हजार रुपैयाँ, खानाको स्टलका लागि ४० हजार रुपैयाँ, महासंघका सदस्य उद्यमीका लागि २८ हजार रुपैयाँ, बाहिरी सदस्यलाई ३३ हजार रुपैयाँ र अन्तर्राष्ट्रिय महिला उद्यमीलाई ५० हजार रुपैयाँ मूल्य तोकेको महासंघले जनाएको ।  साथै, कुनै पनि उद्यमीले आफ्नो उत्पादनलाई प्रदशर्नीमा देखाउने चाहेमा १ लाख ५० हजार रुपैयाँ रकम तिरेर प्रदर्शन गर्न सकिने प्रथम उपाध्यक्ष ज्ञवालीले बताइन् । 

उक्त मेलामा देशभरका महिला उद्यमीले उत्पादन गरेको रैथाने वस्तु प्रदर्शन हुने महासंघकी तेस्रो उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठले जानकारी दिइन । मेलामा सातवटै प्रदेशबाट उद्यमीहरुले रैथाने वस्तुहरुको प्रदशर्नी गर्नेछन् । उनका अनुसार प्रदेश नम्बर १ को सोलुखुम्बुमा बनेको तामाकाे भाँडो, ताप्लेजुङबाट राडीपाखी र अंलैची, मोरङको कफी बिन्स, चकलेट, ऊनको सामान प्रदर्शन हुने छन् ।

त्यसैगरी, बागमति प्रदेश अन्तर्गतका जिल्लामा भक्तपुरको दही र नेवारी लुगा, सिन्धुकलीको दुना टपरी, ढाका र फाइबरका सामानहरु, रामेछापको बाँसको सामान, चितवनको बेसार र तेल, नुवाकोटको रैथाने चामल र बेसार प्रदेश २ को धनुषाको मिथिला आर्टका सामानहरु, बाराको केरा र गण्डकी प्रदेशको पर्वत जिल्लाको कोदो, पिठो कफी प्रदर्शन हुने श्रेष्ठले बताइन् । 

यससँगै, लुम्बिनी प्रदेशका जिल्ला बाँकेको ढकी र बाँस्केट, पाल्पाको ढाका, कपिलवस्तुको माछाको दाना, कर्णाली प्रदेशको सुर्खेत जिल्लाको ड्रागन फ्रुट र सुदुरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको काठको ढकी, दार्चुलाको राडीपाखी र अन्य जिल्लाबाट विभिन्न वस्तुको प्रदर्शन हुने जनाएको महासंघले जनाएको छ । 

 

 

No comment yet. Be the first one to comment.