सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट
काठमाडौं । सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच असार २० गते समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान वा डेबिट क्रेडिट कार्ड मार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
 
उक्त समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका हुन ।
 
सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा ए.टि.एम्. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्तालाई विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outlets मा उपलब्ध छ ।
No comment yet. Be the first one to comment.