Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको अध्यक्षमा नम्रता रिजाल
आर्थिक पाटी संवाददाता
२०७९-०३-२१
बिचार / प्रतिक्रिया
विराटनगर । रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको अध्यक्षमा नम्रता रिजालको पदस्थापन गरिएको छ ।
केहिदिन अघि निर्विरोध निर्वाचित सेन्ट्रलको सातौं अध्यक्षको रुपमा रिजाल सहित अन्य पदाधिकारीलाई पदस्थापन गरिएको हो । आज विराटनगरमा आयोजित कार्यक्रमकाबीच रोटरी क्लबका गर्भनर जीतेन्द्रबहादुर राजभण्डारीले अध्यक्ष रिजाललाई पदको सपथग्रहण गराए । सपथ ग्रहण समारोहपछि कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष रिजालले विराटनगरमा देखिने गरेको रगत अभावको समस्यालाई समाधान गर्न ब्लडबैंकसंग सहकार्य गर्दै रगतको उपलब्धता बढाउन लागिपर्ने बताइन् । यस्तै विराटनगरस्थित कोशी राजमार्गका विभिन्न ठाउँमा यात्रुहरुकालागि प्रतिक्षालय निर्माण गर्ने जसको शुरुआत बरगाछि चोकबाट गरिने रिजालले बताइन् ।
रिजालको कार्यसमितिमा प्रेसिडेन्ट एलेक्टमा प्रिया सारडा, उपाध्यक्षमा सरिता शर्मा, सचिवमा जिना थापा र कोषध्यक्षमा दिक्षालगायत २९ जना बोर्ड सदस्य रहेका छन् ।