आईएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सम्झौता

आईएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सम्झौता

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकका प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गरेका हुन् । 

यस सम्झौता पश्चात आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरूलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिक महाराजगन्ज, काठमाडौँमा प्राप्त हुने सेवाहरु जस्तै एक्सरे, युएसजी, ईसीजी, इकोलगायतका सेवाहरुमा १०% सम्म र ओपीडी सेवामा २५% सम्मको छुट प्राप्त हुनेछ । 

 

 

No comment yet. Be the first one to comment.