भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक

भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक

काठमाडौं ।   स्मार्टफोन ब्रान्ड भिभोले सबैभन्दा प्रख्यात अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ। 

सन् २०१७ देखि भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक स्मार्टफोन भइसकेको छ। 

कम्पनीले भनेको छ, ‘यस वर्ष, विश्वभरका फुटबल फ्यानहरूसँग अविस्मरणीय अनुभव सिर्जना गर्न उक्त प्रतियोगिता यहीँ २१ नोभेम्बर, २०२२ देखि कतारमा आयोजना हुनेछ ।’

यस साझेदारीसँगै भिभोले फिफा विश्वकपमा आधिकारिक प्रतीक र आधिकारिक ब्रान्ड पहिचान प्रयोग गरेर विश्वभरका फुटबल फ्यानहरूसँग जोडिन अद्वितीय प्रवर्धनहरू सञ्चालन गर्नेछ। 

यसका साथै, भिभोले इमर्सिभ ग्राहक अनुभवहरू सिर्जना गर्दै ग्राउन्डब्रेकिङ स्मार्टफोन टेक्नोलोजीलाई अगाडि बढाएर अन्तर्राष्ट्रिय स्तरमा वृद्धि गर्ने पण््रयास गरिरहेको छ।

साझेदारीको उत्साह व्यक्त गर्दै भिभो नेपालका सीईओ माइकलले भने, ‘फिफा विश्वकप २०२२ कतारसँगको यो सहकार्य भिभोका लागि निर्णायक क्षण हो। सुन्दर खेल भनेर चिनिने फुटबलसँग उमेर, जात, लिङ्ग र संस्कृतिको बावजुद विश्वभरका अर्बौँलाई आनन्द प्रदान गर्ने र एकसाथ ल्याउने सक्ने शक्ति छ । वास्तवमा, यसको साँच्चिकै विश्वव्यापी पहुँच छ – यसले विश्वभरका अरबौंलाई प्रभाव पार्ने र प्रेरित गर्ने क्षमता राख्दछ, जसले प्रतिष्ठित फिफा विश्वकप कतार २०२२ लाई भिभोका लागि एक आदर्श मञ्च बनाउँछ, किनकि हाम्रो विश्वका ६० भन्दा बढी देश र क्षेत्रहरूमा उपस्थिति रहेको छ।’

यो साझेदारीले खेलकुदलाई प्रवर्द्धन गर्ने कम्पनीमा अन्तर्निहित मूल्यलाई प्रतिविम्बित गर्ने र लाखौं मानिसहरूलाई आनन्दित तुल्याउँदै विश्वभरका उपभोक्ताहरूका लागि एक अद्वितीय अनुभव प्रदान गर्ने उनले बताए।  
 

 

 

No comment yet. Be the first one to comment.