Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
सुरु भयो सातौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन, यि हुन अवार्डका ११ विधा
आर्थिक पाटी संवाददाता
२०७९-०३-१८
बिचार / प्रतिक्रिया
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) आज जुलाई १ देखि शुरु भएको छ ।
लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ को नोमिनेशन आज शुक्रबारदेखि सुरु भएको हो । सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुदै आइरहेको छ ।
आइसिटी अवार्ड २०२२ को लागि विभिन्न ११ विधाहरूमा नोमिनेशन खुल्ला गरिएको र अनलाइन नोमिनेशन साउन ३१ गतेसम्म जारी रहने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । उनका अनुसार, आइसिटी अवार्डमा प्रतिस्पधी आफै वा अन्य कसैले अनलाइन नोमिनेशन दर्ता गर्न सक्नेछन । अवार्डमा नोमिनेशन गर्न आइसिटी अवार्ड डटओआरजी (ictaward.org) वेबसाइटमा गएर विधा छनौट गरी अनलाइन फारम भरेर बुझाउनुपर्नेछ ।
आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले मंसिरमा आयोजना हुनेछ । यो ६ महिनाको समय अवार्डलाई हरेक किसिमले उत्कृष्ट र पारदर्शी बनाउन आयोजकले ५ भन्दा बढि चरणमका छनौट प्रकृयालाई अगाडी बढाउनेछ । १२ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति रहेको यस अवार्डमा प्रिजेन्टेशन, स्पिड डेटिङ, पब्लिक भोटिङ लगायत उत्कृष्ट ५ को लागि फिल्ड भिजिट समेत सञ्चालन हुनेछ । यस वर्ष २५ भन्दा बढि जुरी मिटिङ सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
यस वर्ष नोमिनेशन खुल्ला गरिएको ११ विधाहरुमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा इन्नोभेसन सम्वन्धित विधाहरु रहेका छन ।
आइसिटीको क्षेत्रमा विशेष योगदान गरेका व्यत्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् ।
यसैगरी प्रविधिको प्रयोग मार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन् ।
यस वर्ष आयोजकले गत चैत र जेष्ठ महिनामा सातौ प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम आयोजना गर्दै प्रदेश स्तरिय उत्कृष्ट स्टार्टअपहरु छनौट गरिएको आयोजक समितिका अध्यक्ष लम्सालले बताए । ११ विधा वाहेक हरेक प्रदेशका उत्कृष्ट स्टार्टअपहरुले ग्राण्ड फिनाले कार्यक्रममा सम्मान प्राप्त गर्नेछन । यसैगरी अन्तराष्ट्रि«य स्तरलाई पनि लक्षित गरेर केहि समय पश्चात कुनै एक विधा घोषणा गरिने आयोजकले जनाएको छ ।
यसैगरी काठमाडौंमा सातै प्रदेशबाट छनौट भएको ४० बढि स्टार्टअप र अवार्डबाट तेस्रो चरणमा छनौट हुने दर्जनौ स्टार्टअपहरुको विशेष सेसन ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ काठमाडौंमा पनि सञ्चालन हुनेछ । गत वर्ष आयोजना भएको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ मा विभिन्न १२ विधामा अवार्ड प्रदान गरिएको थियो । गतवर्ष स्टार्टअप आइसिटी अवार्ड खेतीले प्राप्त गरेको थियो भने प्रडक्ट आइसिटी अवार्ड प्राप्त गरेको थियो । मुशुरले राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१ प्राप्त गरेको थियो ।
मनोहर भट्टराई, बिनय बोहोरा, प्रशन्न ढुंगेल र गुण केशरी प्रधानले क्रमश पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१ प्राप्त गरेका थिए । भुमि व्यवस्थापन विभाग, नेपाल क्लियरिङ हाउसले गतवर्ष क्रमश डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस अवार्ड प्राप्त गरेका थिए । यसैगरी कालिका मानवज्ञान र रातो बंगला स्कुलले डिजिटल एजुकेशन आइीसटी अवार्ड पब्लिक र प्राइवेट सेक्टरको अवार्ड प्राप्त गरेका थिए । आइसिटी अवार्ड २०२१ मा ५०० सयभन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको थियो ।
आयोजकले वुधवार आयोजना गरेको छलफल कार्यक्रममा सल्लाहकार र जुरी समितिले अवार्ड अझ उत्कृष्ट बनाउनको लागि सुझावहरु दिएका थिए । आइसिटी अवार्ड नेपालको प्रविधि क्षेत्रमा नयाँ आइडिया र स्टार्टअपदेखि विशिष्ट योगदान दिएका व्यत्ति र सस्थाहरुलाई सम्मान गर्ने महत्वपुर्ण कार्यक्रमको रुपमा स्थापित भएको र यसले सबैको विश्वास जितेको सल्लाहकार तथा योजना आयोगका सदस्य डा. रामकुमार फुयालले उक्त छलफल कार्यक्रममा बताए । यसैगरी जुरी समितिका शुसिल पोखरेलले नेपालमा आयोजना हुने अवार्डहरु मध्ये आइसिटी अवार्डको छुट्टै चार्म रहेको र यसले स्टार्टअप र इन्नोभेटरहरुको लागि महत्वपुर्ण प्लाटफर्मको विकास गरेको बताए ।
अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । स्टार्टअप विधाका विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन् ।
यि हुन आइसिटी अवार्ड २०२२ का ११ विधाहरु
आइसिटी अवार्ड २०२२ मा ११ विधामा अनलाइन नोमिनेशन खुल्ला गरिएको छ । नोमिनेशन दर्ता गर्न आधिकारिक वेबसाइट ष्अतबधबचम।यचन मा गएर गएर विधा (क्याटेगोरी) छनौट गरी आवश्यक अनलाइन फारम बुझाउनुपर्नेछ । आवदेनको समयअवधि यहि साउन ३१ सम्म रहको छ ।
१. स्टार्टअप आइसिटी अवार्ड
आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाइ प्रवद्र्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानून अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ । यस विधामा विगत ४ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् ।
२. प्रडक्ट आइसिटी अवार्ड
आइसिटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह वा व्यक्तिले विकास गरेको आइटी तथा इन्नोभेटिभ प्रडक्टलाई नोमिनेशन दर्ता गराउन सकिनेछ । वि.स २०७८ सालमा सार्वजनिक भएका आइटी प्रडक्टहरूलाई लिएर यस विधामा नोमिनेशन दर्ता गर्न सकिन्छ ।
३. राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड
राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्ष मुनिका युवाले तयार गरेका रिसर्च, इन्नोभेसन तथा प्रोजेक्टहरूलाई लिएर नोमिनेशन दर्ता गर्न सकिनेछ ।
४. पायोनियर आइसिटी अवार्ड
यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाइ प्रदान गरिन्छ । यस विधामा आफै वा अरु कसैले योग्य व्यत्तिको नाममा नोमिनेशन दर्ता गर्न सकिनेछ ।
५. नेपाली डायस्पोरा आइसिटी अवार्ड
नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि देशको सूचना प्रविधिको क्षेत्रमा दिइरहेको योगदानलाई उच्च कदर गर्दै यो अवार्ड दिइनेछ । यस विधामा आफु वा अन्य कसैले योग्य व्यत्तिको नाममा नोमिनेशन दर्ता गर्न सकिन्छ ।
६. आन्टरप्रेनर आइसिटी अवार्ड
आन्टरप्रेनर आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ । यस विधामा आफु वा अन्य कसैले योग्य व्यत्तिको नाममा नोमिनेशन दर्ता गर्न सकिन्छ ।
७. वुमन आइकन आइसिटी अवार्ड
वुमन आइकन आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ । यस विधामा आफु वा अन्य कसैले योग्य व्यत्तिको नाममा नोमिनेशन दर्ता गर्न सकिन्छ ।
८. डिजिटल एजुकेशन आइसिटी अवार्ड (पल्लिक सेक्टर)
डिजिटल एजुकेशन आइसिटी अवार्ड शिक्षा क्षेत्रलाई डिजिटल तथा प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिन्छ । यस विधामा संलग्न व्यत्ति वा अन्य कसैले योग्य शैक्षिक संस्थाको नाममा नोमिनेशन दर्ता गर्न सकिन्छ ।
९. डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर)
यस वर्ष निजी क्षेत्रका शैक्षिक संस्थाहरूलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर) विधा थपिएको छ । यस विधामा संलग्न व्यत्ति वा अन्य कसैले योग्य शैक्षिक संस्थाको नाममा नोमिनेशन दर्ता गर्न सकिन्छ ।
१०. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड
यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्र्दै नागरिकलाई प्रविधिमैत्री सेवा दिन सफल सरकारी सस्था, निकाय, विभाग वा पालिकाहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन । यस विधामा संलग्न व्यत्ति वा अन्य कसैले योग्य सरकारी संस्थाको नाममा नोमिनेशन दर्ता गर्न सकिन्छ ।
११. डिजिटल सर्भिसेस आइसिटी अवार्ड
यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई डिजिटल सेवा दिइरहेका कम्पनीहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन् । यसै वर्ष थपिएको यस विधामा आइटी तथा सफ्टवेयर कम्पनीहरू बाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीहरू यसमा सहभागी हुन सक्नेछन् । यस विधामा संलग्न व्यत्ति वा अन्य कसैले योग्य शैक्षिक संस्थाको नाममा नोमिनेशन दर्ता गर्न सकिन्छ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
सूचना-प्रविधि सम्बन्धित शीर्षकहरु
रियलमी नार्जो ५०ए प्राइम नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता
भायानेटको नयाँ शाखा अब महेन्द्रनगरमा
सामसङ ग्यालेक्सी एफ–१३ नेपाली बजारमा
आकर्षक फिचरसहित भिभो वाई१५सी नेपालमा सार्वजनिक
ताजा अपडेट
आइएमई जनरल इन्स्योरेन्सद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्टबिच डिजिटल भुक्तानी सम्झौता
सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाइँदै, ग्राहकलाई आकर्षक छुटको व्यवस्था
रियलमी नार्जो ५०ए प्राइम नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता
नक्कली विल वनाएर नक्कली गरगहना विक्रीगर्ने गिरोह सक्रिय
राज्यलाई ट्रयापमा पार्नेहरुलाई छोडिदैन ː मन्त्री मेटमणि चौधरी
सानिमा बैंकले एमएसएमईका लागि आइएफसीबाट पायो २ करोड डलर ऋण
हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसको दुईवटा नयाँ कार्ड सञ्चालनमा
नागरिक लगानी कोषको बोनस सेयरमा मूल्य समायोजन
लघुवित्त कम्पनीहरुले बढाए नाफा, प्रमुख सूचकहरुमा छिमेक लघुवित्त अगाडि
लोकप्रिय
छैठौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला भाद्र २ गतेदेखि हुने
जाचबुझ समितिलाई नै आर्थिक प्रलोभनको अफर दिदै निगम अध्यक्ष अधिकारी
जीवन विकास लघुवित्तको नाफा सामान्य बढ्यो
समस्या देखाएर पन्छिने छुट छैन ː सहरी मन्त्री चौधरी
कुमारी जबमा रजिस्टर गरे जिमको सदस्यतामा छुट पाइने