Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
‘आइएमई नेपाल लोकस्टार–२’ पावर बाई जगदम्बा सुपर साइन
आर्थिक पाटी संवाददाता
२०७९-०३-१७
बिचार / प्रतिक्रिया
काठमाडौँ । नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रुपमा जगदम्बा स्टील्स अन्र्तगतको जगदम्बा सुपर साइन जस्तापाता अनुवन्ध भएको छ ।
जगदम्बा स्टील्सका महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालका बीच काठमाडौंस्थित
र्याडिसन होटलमा बिहीबार आयोजित विशेष समारोह बीच सम्झौता हस्ताक्षर भएको हो ।
लोकस्टारको डिजिटल अडिसन हालै सम्पन्न भएको छ जहाँ हजारौं प्रतिभाहरुले लोकस्टार सिजन २ को उपाधि जित्ने आकांक्षासहित आवेदन गरेका छन् । यी आवेदनमध्येबाट छानिएका प्रतिभासँगै देशका बिभिन्न स्थानमा हुने फिजिकल अडिसनबाट पनि प्रतिभाहरुको छनौट गरिने छ ।
केही दिनमै नयाँ सिजनको सुटिङ प्रारम्भ हुने र साउन महिनाको अन्त्यदेखि हरेक मंगलबार र बुधबार राती ८ बजे कार्यक्रम प्रसारण हुनेछ ।
प्रायोजकसँग सम्झौता
काठमाडौं स्थित
र्याडिसन
होटलमा बिहीबार आयोजित विशेष समारोहमा लोकस्टार सिजन–२ का प्रायोजकहरुसँग सम्झौता भएको छ । पावर बाई स्पोन्सरका रुपमा जगदम्बा स्टील्स अन्र्तगतको जगदम्बा सुपर साइन जस्तापाता अनुवन्ध भएको छ ।
कुमार बस्नेतदेखि प्रकाश सपुतसम्मका स्टारहरु
यसैवीच दोस्रो सिजनका लागि निर्णायकहरुको छनौट गरिएको छ । नेपाली लोकसंगीत शिखर पुरुष कुमार बस्नेत यसपटक नेपाल लोकस्टारको निर्णायकका रुपमा अनुबन्ध भएका छन् । उमेरले झण्डै ८० बर्ष पुग्न लाग्नुभएका बस्नेत नयाँ पुस्ताका प्रतिभा तिखार्ने अभिलासा बोकेर लोकस्टारमा निर्णायकका रुपमा अनुबन्ध भएका हुन ।
यसैगरी चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगर पनि निर्णाकका रुपमा अनुवन्ध भएकी छन् । पहिलो सिजनमा पनि निर्णायक रहेका रामजी खाँड यसपटक पनि लोकस्टारमा निर्णायककै रुपमा रहने छन् । यस्तै चर्चित लोक दोहोरी गायक कुलेन्द्र बिश्वकर्मा पनि यो सिजनको निर्णायक छन् ।
लोकस्टार सिजन २ लाई फिल्म एवं रियालिटी शोहरुको सफल निर्देशन गरिसकेका निर्देशक शिमोस सुनुवारले निर्देशन गर्ने छन् भने चर्चित एरेन्जर एवं संगीतकर्मी आशिष अबिरल संगीत निर्देशकका रुपमा अनुवन्धित भएका छन् ।
चर्चित लोकगायक प्रकाश सपुत कार्यक्रम सञ्चालक एवं ब्राण्ड आइकनका रुपमा रहने छन् ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
मनोरञ्जन सम्बन्धित शीर्षकहरु
चिनियाँ फिल्म फेष्टिभलमा ‘राधा’ प्रदर्शन हुने
साराको ‘गुञ्जन’ सेन्सर पास
‘अमेरिका मेरो बुढा छ’ मा शंकर बिसी र उषाको रोमान्स
सगरमाथा म्युजिक अवार्डको चौथो संस्करण हुँदै, आवेदन फारम खुल्ला
ताजा अपडेट
आइएमई जनरल इन्स्योरेन्सद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्टबिच डिजिटल भुक्तानी सम्झौता
सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाइँदै, ग्राहकलाई आकर्षक छुटको व्यवस्था
रियलमी नार्जो ५०ए प्राइम नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता
नक्कली विल वनाएर नक्कली गरगहना विक्रीगर्ने गिरोह सक्रिय
राज्यलाई ट्रयापमा पार्नेहरुलाई छोडिदैन ː मन्त्री मेटमणि चौधरी
सानिमा बैंकले एमएसएमईका लागि आइएफसीबाट पायो २ करोड डलर ऋण
हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसको दुईवटा नयाँ कार्ड सञ्चालनमा
नागरिक लगानी कोषको बोनस सेयरमा मूल्य समायोजन
लघुवित्त कम्पनीहरुले बढाए नाफा, प्रमुख सूचकहरुमा छिमेक लघुवित्त अगाडि
लोकप्रिय
छैठौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला भाद्र २ गतेदेखि हुने
जाचबुझ समितिलाई नै आर्थिक प्रलोभनको अफर दिदै निगम अध्यक्ष अधिकारी
जीवन विकास लघुवित्तको नाफा सामान्य बढ्यो
समस्या देखाएर पन्छिने छुट छैन ː सहरी मन्त्री चौधरी
कुमारी जबमा रजिस्टर गरे जिमको सदस्यतामा छुट पाइने