पाइप्स र फिटिङ्स निर्माण सामाग्री उत्पादनमा नेपालकै अग्रणी उद्योग हुने लक्ष्यको साथ सन २००९ मा स्थापना भएको मंगलम् पाइप्स नेपालकै पहिलो CPVC पाइप र फिटिंग्स् उत्पादक तथा निर्यातकर्ता हुनुको साथै सबैभन्दा ठुलो पुर्वाधार लगानी भएको पाइपिङ उद्योगहरु मध्ये एक पनि हो । यसका हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानिज कच्चा पदार्थ र जर्मन प्रविधिबाट बनेको हुँदा यिनीहरु मजबुत र टिकाउ हुन्छन् साथै यिनीहरु नेपाल गुणस्तर मान्यता प्राप्त छन् ।
रुपन्देहीको सिद्धार्थनगरमा पहिलो कारखाना खोलेको यस कम्पनीले हालै रुपन्देहीकै रोहिणीमा वार्षिक १२ हजार मेट्रिक टन उत्पादन क्षमताको अर्को नयाँँ कारखाना खोलीसकेको छ । यस कारखानामा CPVC Plus, AquaPro, Ultraflo, ProDrain SWR, Borewell, Wiresafe, HDPE, RainPro लगायत हरेक प्रयोजनको लागि आवश्यक पाइप्स् र फिटिङ्सको सम्पूर्ण रेन्जहरु उत्पादन हुन्छन् । यस सन्दर्भमा विगत ५ वर्षदेखि इन्जिनियरिङ गर्दै आएका ई. आनन्दकुमार झासँग गरिएको कुराकानी उनकै शब्दमा :
तपाई यस पेसामा संलग्न हुनुभएको कति भयो ?