नबिल बैंकमा नयाँ सीइओ, ज्ञानेन्द्र ढुंगानाले सम्हाले कार्यभार, को हुन ढुङ्गाना ?

नबिल बैंकमा नयाँ सीइओ, ज्ञानेन्द्र ढुंगानाले सम्हाले कार्यभार, को हुन ढुङ्गाना ?

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ढुंगानाले कार्यभार सम्हालेका छन्। शुक्रबारदेखि ढुङ्गानाले कार्यभार सम्हालेका हुन्।

नबिल बैंकका निवर्तमान सिइओ अनिल शाहको कार्यकाल सकिएर बाहिरिएसँगै ढुंगाना भित्रिएका हुन्। उनी यसअघि नेपाल बंगलादेश बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

नबिल बैंकले एनबी बैंकलाई गाभ्ने अन्तिम प्रकृयामा छ। एनबी बैंक नबिलमा गाभिने भएपछि ढुंगाना नयाँ सिइओको रुपमा नबिल बैंकमा भित्रिएका हुन्।

को हुन ढुङ्गाना ?

बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव सँगाल्नु भएका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए । यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए । 
 
भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तिय विष्लेषणमा स्नातकोत्तर को अध्ययन पूरा गर्नुभएका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा Manager To Watch र सन् २०१५ मा Manager of the Year विधामा पुरस्कृत भएका थिए । कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए ।  
 
उनको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा समेत नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ । 
 

 

No comment yet. Be the first one to comment.