नेपाल बैंकको सञ्चालकमा गंगाप्रसाद ज्ञवाली नियुक्त

नेपाल बैंकको सञ्चालकमा गंगाप्रसाद ज्ञवाली नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालकमा गंगा प्रसाद ज्ञवाली नियुक्त भएका छन् । बिहिबार एक सूचना जारी गर्दै नेपाल बैंकको सञ्चालकमा गंगा प्रसाद ज्ञवाली नियुक्त भएको जानकारी दिईएको हो । 

यसअघि बैंकको सञ्चालक समितिको बैठकले नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक पदमा रहेका सुमन राज अर्यालले राजिनामा दिएका थिए । अर्यालको राजिनामा पछि नेपाल सरकार, अर्थ मन्त्रालयले गंगा प्रसाद ज्ञवालीलाई सञ्चालक पदमा नियुक्त गरिएको बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।  

सूचनामा भनिएको छ— यस बैंकको सञ्चालक समितिको नेपाल सरकारको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा गंगाप्रसाद ज्ञावाली नियुक्त भई आउनुभएको र उहाँले असार १५ गते सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको जानकारीका लागि अनुरोध छ ।     

 

No comment yet. Be the first one to comment.