नेपाली राइडर दीपक साह बने र्याली अफ चाम्बा विजेता

नेपाली राइडर दीपक साह बने र्याली अफ चाम्बा विजेता
काठमाडौं । नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित ‘र्याली अफ चाम्बा’ को ‘एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका छन् । गत जुन १६ देखि १९ सम्म आयोजित सो प्रतियोगितामा उनी नेपालबाट एक्लो प्रतिस्पर्धी थिए । 
 
रोयल इन्फिल्ड हिमालयन मोटरसाइकलमा सवार भएर ¥यालीमा भाग लिएका साहले सो क्याटागोरीमा पहिलो स्थान हासिल गरेका हुन् । सो र्याली अन्तर्गत पहिलो दिन चाम्बाको पुलिस ग्राउन्डमा टेस्ट राउन्ड भएको थियो । प्रतियोगितामा टु ह्विलरका साथै फोर ह्विलर गाडी समेत सहभागी थिए । 
 
दोस्रो दिन चाम्बाबाट लेग १ प्रारम्भ भयो । यो दिन १११ किलोमिटर ट्रान्सपोर्ट र ६७ किलोमिटर रेसका लागि तोकिएको दुरी थियो । तेस्रो दिन १४२ किलोमिटर ट्रान्सपोर्ट र ४८ किलोमिटर रेस थियो । तेस्रो दिन ११३ किलोमिटर ट्रान्सपोर्ट र ५० किलोमिटर रेस थियो । सबै गरी ३६६ किलोमिटर ट्रान्सपोर्ट र १६७ किलोमिटर रेस गरी ५३३ किलोमिटरको दुरी राइडरहरुले पार गरेका थिए । यस अनुसार इभेन्टको समग्र दुरी ५३३ किलोमिटर थियो भने प्रतिस्पर्धामा सहभागी हुने दुरी १६७ किलोमिटर थियो । 
 
ग्रुप डी अन्तर्गत पनि उनी २५० सीसी भन्दा माथिको क्याटागोरीमा सहभागी भएका थिए । यस अनुसार उनी ग्रुप डी क्लास ११ अन्तर्गत सहभागी भएका थिए । यो समूहमा रोयल इन्फिल्डका साथै अन्य कम्पनीका बाइक पनि सहभागी थिए । सो रुटमा ग्राभेल, डर्ट, स्लस जस्ता हार्ड अफरोड सेक्सन हुन्छ भने कुनै ट्रयाकमा लाइट स्नो पनि हुन्छ ।