नेपालमा आफ्नो पोर्टफोलियो विस्तार गर्दै शाओमी

नेपालमा आफ्नो पोर्टफोलियो विस्तार गर्दै शाओमी
काठमाडौं । शीर्ष स्मार्टफोन ब्रान्डहरूको कुरा गर्द शाओमी एउटा यस्तो ब्रान्ड हो जसको नाम आजको समयमा लगभग सबैले सुन्नु भएको छ। विश्वकै चौथो ठूलो स्मार्टफोन ब्रान्ड, शाओमी नेपालको शीर्ष ब्रान्डहरू मध्ये एक हो। स्मार्टफोन निर्मातामा मात्र सिमित नभइ शाओमीले AIoT प्लेटफर्मद्वारा जडान भएका विभिन्न स्मार्ट उपकरणहरू पनि उत्पादन गर्दै आएको छ। स्मार्टफोन र ल्यापटपहरू बाहेक, २५२ मिलियन भन्दा बढी स्मार्ट उपकरणहरूको साथ शाओमीले विश्वको अग्रणी कन्ज्युमर AIoT प्लेटफर्मको रूपमा आफूलाई लाई विस्तार गरेको छ।
 
विश्वभर सबैका लागि उचित मूल्यमा उन्नत प्रविधिका उपकरणहरु उपलब्द गराउने लक्ष्य बोकेको शाओमीले छोटो समयमै विभिन्न आधुनिक सामग्रीहरु नेपाली बजारमा भित्र्याउन सफल भएको छ। नेपालमै पहिलो पटक प्रस्तुत गरिने स्मार्टफोनहरूका साथै २०२२ मा कम्पनीले विभिन्न विधाका नयाँ उत्पादनहरू पनि ल्याउने भएको छ। शाओमीका केहि उपकरणहरु निम्न अनुसार छन् :
 
 
शाओमी वाच S1 एक्टिभ:
 
फिचरहरूको सन्दर्भमा, S1 एक्टिभमा ११७ स्पोर्ट मोडहरू छन् जस मध्ये १९ ओटा व्यावसायिक छन्। मुटुको धडकनको गति र रगतमा भएको अक्सिजनको मात्रा जाच्न सेन्सर प्याकको साथ बाहिरी गतिविधि ट्र्याकिङका लागि डुअल ब्यान्ड पोजिसनिङ भएको यस S1 एक्टिभ पानी प्रतिरोधी पनि छ। यसमा भएको माइक्रोफोन र स्पिकरले घडीबाटै कलहरू उठाउन सकिन्छ।
मूल्यस् रु. २२,९९९/-
उपलब्ध रंग: स्पेस ब्ल्याक
 
 
रेडमी ब्यान्ड प्रो:
 
आयताकार मोड्युलमा १.४७ इन्चको AMOLED टच डिस्प्ले भएको यो स्मार्ट ब्यान्ड प्रो मा १९४ X ३६८ –पिक्सेल रिजोल्युसन, १००% NTSC कलर स्पेस, र ४५० निट्स ब्राइटनेस भएको ८–बिटको स्क्रिन रहेको छ भने सुरक्षाको लागि यसमा २.५डी टेम्पर्ड ग्लास छ।
 
वाटरप्रूफिङको लागि छब्त्ः प्रमाणित यो स्मार्ट ब्यान्ड प्रोको स्वास्थ्य सुविधाहरूमा दौड, सैक्लिंग, हिड्ने, योगा, पौडी लगायत अन्य गतिविधिहरुका लागि ११०+ स्पोर्ट मोडहरू समावेश छन्। त्यस्तै, २४ घन्टा मुटुको गति ट्र्याकिङका लागि यो ब्यान्डमा PPG हार्ट–रेट सेन्सर जडान गरिएको छ। यसले तपाईंको रगतमा अक्सिजनको मात्रा पत्ता लगाउन SpO2 मापन पनि गर्छ ।
 
रेडमी स्मार्ट ब्यान्ड प्रो लाई मी फिट एप मार्फत तपाईंको स्मार्टफोनसँग कनेक्ट गर्न सकिन्छ जहाँ तपाईंले एप सूचनाहरू, फोन कलहरू र थप जानकारीहरू आफ्नो ब्यान्डमै प्राप्त गर्न सक्नुहुन्छ।
मूल्यस् रु. ६,१९९/-
उपलब्ध रंग: कालो