Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक लघु, घरेलु तथा साना उद्योगː उद्योगमन्त्री बडू
आर्थिक पाटी संवाददाता
२०७९-०३-९
बिचार / प्रतिक्रिया
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग भएको बताएका छन् ।
“खोजौं नेपाली, रोजौं नेपाली” भन्ने मूल नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रुपमा तयार गरेको इकमर्श साईट एमएसएमई डट कमको बिहीबार राजधानीमा आयोजित एक समारोहमा शुभारम्भ गर्दै उनले भने – “अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक निजी क्षेत्र हो । त्यसमा घरेलु तथा साना उद्योगहरु मुलुकका मेरुदण्ड हुन् । यस्ता उद्योग नै उत्पादन बढाउने आधार क्षेत्र हुन् ।”
यस्ता उद्योगहरू सरकारको प्राथमिकतामा रहेको भन्दै उनले भने – “यो क्षेत्रले मुलुकलाई आत्मनिर्भर बनाउँछ, रोजगारी सिर्जना गर्दछ । यो क्षेत्रमा समस्या के–के छन्, समाधानका लागि के गर्नुपर्छ हामी छलफल गर्न तयार छौँ ।”
लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुलाई बजारीकरण, आधुनिक व्यापारीकरण र विश्वव्यापीकरणको मार्गमा लैजान इकमर्श साइट सञ्चालनमा ल्याइएकोमा खुशी व्यक्त गर्दै उद्योग मन्त्री बडूले भने– “इ–कमर्समार्फत स्वदेशी बस्तुको प्रवद्र्धन र बजारीकरणका लागि सहज हुनेछ । यो क्षेत्रका लागि नयाँ अभ्यास हो । तपाइहरुको यो प्रयासमा सरकारको साथ रहीरहनेछ ।”
मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, स्वदेशी वस्तुको प्रवद्र्धन गर्ने र निर्यात व्यापार बढाउनेतर्फ सरकार क्रियाशील रहेको बताउँदै उनले भने – “आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा सरकारले मुलुकको निर्यातलाई बढाउने, उत्पादनलाई बढाउने नीति लिएको छ ।”
लघु, घरेलु तथा साना उद्योगका लागि नेपाली उत्पादन बढाउन प्रधानमन्त्रीको नाममा नै कार्यक्रम रहेको र अर्को मेड इन नेपाल मेक इन नेपालको दशकका रूपमा कार्यक्रम अघि बढाएको उनले बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्घिको सम्बाहकका रुपमा रहेतापनि यस्ता उद्योगहरुको प्रमुख समस्याको रुपमा बजार पहुँच रहेको बताए । “हाम्रा उत्पादनहरु गुणस्तरीय र निर्यातयोग्य छन् तर सहज रुपमा हाम्रा उत्पादनहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा बजार विस्तार हुन सकेको छैन । फलस्वरुप हाम्रा उत्पादनहरु स्थानीयस्तरमा मात्रै प्रयोग हुँदै आएका छन् ।” उनले भने ।
विगत करिब दुई वर्षमा विश्वभर फैलिएको कोभिड १९ ले गर्दा यस्ता उत्पादनहरुको बजार विस्तार गर्न नसकिएको भन्दै उनले महामारीले सिकाएको पाठलाई दृष्टिगत गर्दै लघु, घरेलु तथा साना उद्यमीहरुका उत्पादनहरुलाई डिजीटल प्रविधिमार्फत बजार प्रवद्र्घन गरी बजार सञ्जाल विस्तार गर्ने उद्देश्यले महासंघले लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको भर्चुअल प्रदर्शनी र ट्रेड सोमार्फत डिजीटल प्रणालीबाट बजार विस्तार गरी वस्तुको बिक्री वितरण प्रणालीको विकास गराउने लक्ष्यका साथ यो अवधारणा आएको बताए ।
महासंघका निवर्तमान अध्यक्ष श्याम प्रसाद गिरीले भर्चुअल प्रर्दशनी र इकमर्श साईटको औचित्यमाथि प्रकाश पार्दै लघु, घरेलु तथा साना उद्योगहरु स्वभावैले ठूला बजारसम्म पुग्न नसकेको परिप्रेक्षमा यसबाट स्थानीयस्तरमा रहेका उत्पादनहरुको अन्तराष्ट्रिय बजारसम्मको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको बताए ।
गाउँघर र दूरदराजमा रहेका उत्पादनलाई बजार प्रविधि पु¥याउन डिजीटल प्रविधि प्रयोग गर्ने सन्दर्भमा भर्चुअल प्रर्दशनी र इकमर्श साईटको प्राविधिक कार्य शुरु गरिएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगहरू अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यो क्षेत्रको उचित प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारी, फेडेरेशन अफ एक्स्पोर्ट एसोसियसन नेपालका अध्यक्ष पवन कुमार गोल्यानलगायतले सञ्चालित इकमर्श साइटको सफलताको लागि शुभकामना दिंदै सहकार्यका लागि पनि तयार रहेको बताएका थिए ।
इकमर्श साइटमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सामानहरुलाई स्थानीयदेखि अन्तराष्ट्रिय बजारसम्म खरिद र बिक्री गरिन्छ । इकमर्श साइट सञ्चालनमा आएलगत्तै गरिएको खरिदबिक्री डेमोमा पाँच लाख रुपियाँ बराबरको कारोबार भएको महासंघले जनाएको छ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
समाचार सम्बन्धित शीर्षकहरु
गलत सूचनाबारे गाउँको प्रशिक्षक नै बनेका जनक
प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने निर्वाचन आयोगको अनुमान
इदको अवसरमा आइतबार सार्वजनिक बिदा
अर्थमन्त्री जनार्दन शर्माले दिए राजिनामा
ताजा अपडेट
गलत सूचनाबारे गाउँको प्रशिक्षक नै बनेका जनक
प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने निर्वाचन आयोगको अनुमान
इदको अवसरमा आइतबार सार्वजनिक बिदा
हिमालयन र सिभिल बैंकबीच मर्जको सम्झौता शुक्रबार हुने
अर्थमन्त्री जनार्दन शर्माले दिए राजिनामा
शेयर बजारमा दोहोरो अंकको वृद्धि
अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन
बजेट निर्माणबारे छानबिन गर्न योजना आयोगका ६ पूर्व उपाध्यक्षको माग
५ अर्बसम्मको आयोजनामा स्वदेशी ठेकेदार कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने
बुक बिल्डिङ विधिका लागि थप १०९ वटा संस्था योग्य संस्थागत लगानीकर्ताका रूपमा स्वीकृत (नामसहित)
लोकप्रिय
बिजबजारको भारी छुट सहितको "२० मा बिज" नामक अभियान सुरू
ओप्पोले डिज्नील्याण्ड पेरिससँग मिलेर रातको समयको फोटोग्राफी अभियानलाई प्रेरित
आइएमई जनरल इन्स्योरेन्स र डाग्नोस्टिक सेन्टरबीच छुट सम्बन्धि सम्झौता
आइएमई पे एपमा नेपाल लाईफको बीमा किस्ता भुक्तानीमा क्यासब्याक अफर
भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक