Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
बास्तविक किसानले नपाउने भएपछि अनुदान हटायौं, प्रोत्साहन गर्ने नीति लिएका छौं ː अर्थमन्त्री
आर्थिक पाटी संवाददाता
२०७९-०३-९
बिचार / प्रतिक्रिया
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकले आर्थिक बर्ष ०७९–८० को बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिएका छन् ।
विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग भएको एक छलफलमा मन्त्री शर्माले साना किसानलाई प्रोत्साहन गर्न सके उत्पादन वृद्धि हुन सक्ने देखेर यस्तो नीति लिइएको प्रष्ट पारेका हुन । ‘गरिब किसाानले लिने थोरै ऋण पनि पुग्न सकेको छैन । साना किसानले ऋण लिएको छ भने इमान्दारितापूर्वक फिर्ता गरेको उदाहरण पनि छन्’ उनले भने, ‘तर, अनुदान भने बास्तविक र साना किसानसम्म पुगेन । त्यसपछि हामीले प्रोत्साहन गर्ने नीति लिएका हौं ।’
उनले आर्थिक बर्ष ०७९–८० को बजेटबाट कृषिलाई पहिलो प्राथमिकता राखिएको जानकारी गराउँदै दातृ निकायको समेत साथ र सहयोग आवश्यक रहेको बताए । किसानको उत्पादन बजारसम्म सहजै पुर्याउनका लागि कृषि एम्बुलेन्सको शुरुवात गरेको उनले बताए । उनले बार्षिक साढे तीन खर्ब भन्दा बढीको कृषि बस्तुको आयातलाई प्रतिस्थापन नगरेसम्म व्यापार घाटा कम हुन नसक्ने निष्कर्ष रहेको पनि बताए ।
‘आयात प्रतिस्थपानका लािग कृषि उपजको उत्पादन बढाउने, औद्योगिक बस्तुको उत्पादकत्व वृद्धि गरी निर्यात प्रवद्र्धन गर्ने र सेवा क्षेत्रसमेत निर्यात गर्ने लक्ष्य राखिएको छ’ उनले भने । जमिन, पानी वन तथा समग्र प्राकतिक स्रोतहरुको अधिकतम उपयोग गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित गर्न खोजिएको पनि जानकारी गराएका थिए । बजेटले लिएको नीतिकै कारण भारतको हैदराबादमा रहेको दुई वटा सूचना प्रविधि सम्बन्धी विश्वविद्यालय सहकार्य गर्न नेपाल आइसकेको उनले जानकारी दिए ।
कार्यक्रममा विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले खाद्य सुरक्षामा ध्यान दिन आग्रह गरेका थिए । उनले आर्थिक विकासका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु उपयुक्त भएको बताएका थिए ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
समाचार सम्बन्धित शीर्षकहरु
गलत सूचनाबारे गाउँको प्रशिक्षक नै बनेका जनक
प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने निर्वाचन आयोगको अनुमान
इदको अवसरमा आइतबार सार्वजनिक बिदा
अर्थमन्त्री जनार्दन शर्माले दिए राजिनामा
ताजा अपडेट
गलत सूचनाबारे गाउँको प्रशिक्षक नै बनेका जनक
प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने निर्वाचन आयोगको अनुमान
इदको अवसरमा आइतबार सार्वजनिक बिदा
हिमालयन र सिभिल बैंकबीच मर्जको सम्झौता शुक्रबार हुने
अर्थमन्त्री जनार्दन शर्माले दिए राजिनामा
शेयर बजारमा दोहोरो अंकको वृद्धि
अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन
बजेट निर्माणबारे छानबिन गर्न योजना आयोगका ६ पूर्व उपाध्यक्षको माग
५ अर्बसम्मको आयोजनामा स्वदेशी ठेकेदार कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने
बुक बिल्डिङ विधिका लागि थप १०९ वटा संस्था योग्य संस्थागत लगानीकर्ताका रूपमा स्वीकृत (नामसहित)
लोकप्रिय
बिजबजारको भारी छुट सहितको "२० मा बिज" नामक अभियान सुरू
ओप्पोले डिज्नील्याण्ड पेरिससँग मिलेर रातको समयको फोटोग्राफी अभियानलाई प्रेरित
आइएमई जनरल इन्स्योरेन्स र डाग्नोस्टिक सेन्टरबीच छुट सम्बन्धि सम्झौता
आइएमई पे एपमा नेपाल लाईफको बीमा किस्ता भुक्तानीमा क्यासब्याक अफर
भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक