Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
महिनावारी शिक्षा कक्षा ४ देखि १२ सम्म
आर्थिक पाटी संवाददाता
२०७९-०३-७
बिचार / प्रतिक्रिया
काठमाडौं । महिनावारी शिक्षा सन्दर्भ सामग्री सार्वजनिक भएको छ । औपचारिक शिक्षामा प्रभावकारी रुपमा महिनावारी तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी भएका तीनवटा किताब सार्वजनिक गरिएको हो । राष्ट्रिय महिनावारी सञ्जाल र ग्लोबल एक्सन नेपालको संयोजनामा सार्वजनिक गरिउको उक्त सन्दर्भ सामग्रीमा विद्यालय शिक्षामा महिनावारीलाई कसरी व्यवस्थापन गर्नेबारे उल्लेख गरिएको छ । उक्त सन्दर्भ सामग्रीमा कक्षा ४ देखि कक्षा १२ सम्मको औपचारिक शिक्षामा महिनावारी र त्यससँग सम्बन्धित विषयलाई समट्नका लागि छुट्टाछुट्टै विषय समेटिएको छ ।
उक्त सन्दर्भ सामग्रीबारे मन्तब्य राख्दै राष्ट्रिय योजना आयोकी सदस्य सनोनी प्रधान सिंहले प्रकाशनले नस्ीति निर्माण तहमै सहयोग गरेको बताइन् । उनले छुट्टाछुट्टै संस्थाहरूले गरेको अध्ययनभन्दा सामुहिक अध्ययन नीति निर्माढण तहमै प्रभावकारी भूमिका खेल्ने भन्दै प्रसंसा गरिन् । उनले भनिन्, “एक्लै अध्ययन गर्ने र जस लिने प्रवृत्ति छ । त्यसैमा टेकेर नीति निर्माण तहका मानिसले पनि काम गर्ने गरेको पाइन्छ । त्यसले सबैको कुरा समेट्न गाह्रो हुन्छ । अहिले अध्ययन पूर्ण छ । धेरै संस्थाको सहभागिता छ ।”
उक्त सामग्रीबाट पाठ्यक्रममा समेटिने पाठ्यक्रम विकास केन्द्रकी सुमन सिलवालले प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा उपस्थितत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकी रमा अर्यालले औपचारिक शिक्षामा महिनावारीको विषय समेट्नका लागि मन्त्रालयको प्रतिबद्ध रहेको बताइन् ।
यस्तै, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक मधुसुदनसुवेदीले अब विद्यालय र विश्व विद्यालयले नै समाजमा मर्यादित महिनावारीबारे अग्रसर हुनुपर्ने बेला भएको बताए ।
राजधानीमा सामोबार सम्पन्न सार्वजनिकीकरण कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्व विद्यालयका प्रतिनिधिहरू सहभागी भएका थिए । कार्यक्रम राष्ट्रिय महिनावारी सञ्जालका तर्फबाट संयोजक गुणराज श्रेष्ठले अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन सन्तोष महर्जनले गरेका थिए ।
सन् २०१८ देखि चलेको उक्त परियोजनाको कार्यान्वयनमा ग्लोबल एक्सन नेपालले गरेको हो भने महिनावारकिा क्षेत्रमा काम गर्ने ४० भन्दा बढी संस्थाले सहयोग गरेका थिए ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
स्वास्थ्य / जीवनशैली सम्बन्धित शीर्षकहरु
जुनलाई अन्तर–राष्ट्रिय योग महिनाको रुपमा मनाउँदै आर्ट अफ लिभिङ नेपाल
महिनावारी शिक्षा कक्षा ४ देखि १२ सम्म
आज महाशिवरात्रि पर्व मनाइदैं, पशुपतिमा दर्शनार्थीको घुइँचो
आज सरस्वतीको पूजा गरेर श्रीपञ्चमी मनाइँदै
ताजा अपडेट
गलत सूचनाबारे गाउँको प्रशिक्षक नै बनेका जनक
प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने निर्वाचन आयोगको अनुमान
इदको अवसरमा आइतबार सार्वजनिक बिदा
हिमालयन र सिभिल बैंकबीच मर्जको सम्झौता शुक्रबार हुने
अर्थमन्त्री जनार्दन शर्माले दिए राजिनामा
शेयर बजारमा दोहोरो अंकको वृद्धि
अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन
बजेट निर्माणबारे छानबिन गर्न योजना आयोगका ६ पूर्व उपाध्यक्षको माग
५ अर्बसम्मको आयोजनामा स्वदेशी ठेकेदार कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने
बुक बिल्डिङ विधिका लागि थप १०९ वटा संस्था योग्य संस्थागत लगानीकर्ताका रूपमा स्वीकृत (नामसहित)
लोकप्रिय
बिजबजारको भारी छुट सहितको "२० मा बिज" नामक अभियान सुरू
ओप्पोले डिज्नील्याण्ड पेरिससँग मिलेर रातको समयको फोटोग्राफी अभियानलाई प्रेरित
आइएमई जनरल इन्स्योरेन्स र डाग्नोस्टिक सेन्टरबीच छुट सम्बन्धि सम्झौता
आइएमई पे एपमा नेपाल लाईफको बीमा किस्ता भुक्तानीमा क्यासब्याक अफर
भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक