सार्वजनिक यातायातको भाडा ७ प्रतिशतसम्म बढ्यो, यस्तो छ नयाँ भाडादर(सूचीसहित)

सार्वजनिक यातायातको भाडा ७ प्रतिशतसम्म बढ्यो, यस्तो छ नयाँ भाडादर(सूचीसहित)

काठमाडौं । सरकारले इन्धनको मूल्य ह्वातै बढाएपछि सार्वजनिक सवारीसाधनको भाडा पनि भारी दरले बढेको छ ।

यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो ।

नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल÷मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो । हाल पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ ।

डिजेलको मूल्य २७ प्रतिशत बढेकाले सोअनुसार भाडा समायोजन विभागले सूचना मार्फत जानकारी गराएको हो ।

विभागका अनुसार अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ ।

त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ ।

यस्तो छ नयाँ भाडा दर

 

 

No comment yet. Be the first one to comment.