सरकारले ५ प्रतिशतसम्म बढायो सार्वजनिक यातायातको भाडा

सरकारले ५ प्रतिशतसम्म बढायो सार्वजनिक यातायातको भाडा

काठमाडौं ।  सरकारले राष्ट्रियस्तरका रुटमा जेठ ४ अर्थात भोलीदेखि नै लागु हुनेगरी  सार्वजनिक सवारीको भाडा पनः बढाएको छ। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका निरन्तर उकालो लागे पनि स्वचालित प्रणाली अनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरेको हो । 

यातायात व्यवस्था विभागले मंगलबार भाडा दर बढाएको सूची सहित एक सूचना जारी गरेर अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशत भाडा बढेको हो ।

त्यसैगरी त्यस्तै पहाडी बाटोमा गुड्ने मालबाहक सवारीमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशत भाडा बढाएको छ ।

गत शनिबार नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिट १० रुपैयँ बढाएको थियो । इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढेमा स्वचालित रुपमा भाडा समायोजन हुने व्यवस्था कार्यान्वयनमा गरेर सार्वजनिक यातायातको नयाँ भाडादर लागू गरेको हो ।

 

No comment yet. Be the first one to comment.