काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ । डा भट्टराईले शुक्रबार मतदानको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
डा भट्टराईले शुक्रबार मतदानको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
निर्वाचन आचारसंहिता अनुसार मतसंकेत गरेकाे मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ । निर्वाचन आयोग स्रोतले भन्यो, ‘२४ घण्टाभित्र जवाफ दिनू भनेर उहाँका नाममा काटिएको पत्र भाइबर मार्फत पठाइएको छ ।’