एनएमबि बैंक र केयुकेएलबीच सम्झौता, बिना झन्झट महशुल भुक्तानी गर्न सकिने

एनएमबि बैंक र केयुकेएलबीच सम्झौता, बिना झन्झट महशुल भुक्तानी गर्न सकिने
काठमाडौं । एनएमबि बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसंग सम्झौता गरेको छ । सम्झौतापछि एनएमबि बैंकको ग्राहकहरुले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी काठमाण्डौं उपत्यका खानेपानीको महशुल बिना कुनै झंझट तिर्न सक्ने छन् ।
 
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।  एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
No comment yet. Be the first one to comment.